जाजरकोटी गायक राजु सुनामको ‘चार आना’ सार्वजनिक ( भिडियो सहित)


खलंगा । चर्चित लोकप्रिय जाजरकोटी गायक राजु सुनामको ‘चार आना’ गीत सार्वजनिक भएको छ । जमुना सनम र राजु सुनामको समधुर आवाजमा सजिएको गीत सार्वजनिक भएको हो ।

निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतलाई जाजरकोटी गायक राजु सुनामले लय तथा शब्द सिर्जना गरेका छन भने संगीत संयोजन राजुकै रहेको छ । माया प्रेमलाई गीतले निकै उत्कृष्ट रुपमा उठाएको छ ।

गीतको म्युजिक भिडियो समेत निकै दमदार बनाइएको छ । गीतलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन भने मेक्सन खाती र विना विश्वकर्माको अभिनय रहेको छ । गीतलाई सनम क्रियसनबाट बजार ब्यवस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया