सल्यानमा पूर्व जनमुक्ति सेना र राप्रपाका सदस्यले गरे नेकपा (विप्लव) प्रवेश

No description available.
खलंगा । सल्यानमा पूर्व जनमुक्ति सेना र राप्रपाका सदस्य सहित एक दर्जन वढिले नेकपा (विप्लव) मा प्रवेश गरेका छन् । जिल्लाको कुमाख गाउँपालिका ५ खहरेखोलामा भएको एक कार्यक्रममा एक दर्जन बढिले प्रवेश गरेको कुमाख वनगाड ईन्चार्ज गणेश क्षेत्री (मार्सल) ले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार राप्रपाका गाउँ कमिटी सदस्य, गणेश सुनार, माओवादी केन्द्रका सदस्य एवं पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर दुर्गा सुनार, यूवा संयोजक राकेश बुढाथोकीले नेकपा (विप्लव)मा प्रवेश गरेका हुन् ।

यस्तै, गोपाल बुढाथोकी, अतिराम बुढाथोकी, आत्मराम बुढाथोकी, रमेश बुढाथोकी, पहल बुढाथोकी, बिष्णु बुढाथोकी र टेकबहादुर बस्नेत बस्नेतले समेत नेकपा (विप्लव)मा प्रवेश गरेको ईन्चार्ज मार्सलले बताए ।

यतिवेला विप्लव नेतृत्वको नेकपा सल्यानले एक महिने एकीकृत जन भेटघाट कार्यक्रम सञ्चालन गरेको छ ।
विभिन्न विद्यालयका समस्या, सामाजिक विकृति, दमन, शोषण भ्रष्टाचार, लागुऔषध दूव्र्यसनी जस्ता क्रियाकलापको विरुद्धमा आवाज उठाईरहेको ईन्चार्ज क्षेत्रीले बताए ।

उनले भने, ‘हामी अहिले जनताको वीचमा संसदीय व्यवस्थाको विकल्पमा जनमत संग्रह मार्फत वैज्ञानिक समाजवादका लागि पार्टी संघर्ष गर्ने एजेन्डा लिएको र आम जनताले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्स्थाका लागि आफ्नो अमुल्य मतद्वारा व्यवस्था चुन्ने जनमतको चुनाव मा सहभागी हुन अपिल गर्दै भेटघाट अभियान चलाइरहेका छौ ।’

तपाईको प्रतिक्रिया