नलगाडको सिर्केमा बालविवाह न्यूनिकरण सम्बन्धी वक्तृत्वकला

No description available.नलगाड । जिल्लाको नलगाड नगरपालिकाको सिर्केमा रहेको जुनीबाल संरक्षण माद्यामिक विद्यालयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

वैज्ञानिक समाजवादी शिक्षा र व्यवस्थाको लागि जनमत संग्रह भन्ने मुल नाराको साथ अखिल ( क्रान्तिकारी) जाजरकोटले सन्चालन गरेको विद्यार्थी जागरण अभियान अन्तर्गत उक्त विद्यालयमा वतृत्वकला कार्यक्रम सञ्चालन गरिएको हो ।

वालविवाहले नेपाली समाजलाई पारेको प्रभाव र यसको न्युनिकरणमा हाम्रो भुमिका बिषयक वक्ततृत्वकला प्रतियोगितामा सञ्चालन गरिएको अखिल क्रान्तिकारी जाजरकोटले जनाएको छ ।

No description available.

प्रतियोगितामा जमुना शाही प्रथम, विवेक शाही दृतिय ,लोकेन्द्र केसीले तृतिय स्थान हासिल गरेका छन् । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य विराजन शाहीको प्रमुख आतिथ्यता थियो भने, जिल्ला संयोजक दिपेन्द्र सिंह, पुर्व जिल्ला सचिव तिलक बिष्ट, प्रधानाध्यापक चेतराज शाही , शिक्षकहरु दिपा शाही ,टेकराज खत्री लगायतको सहभागिता थियो ।

अखिल (क्रान्तिकारी)जाजरकोटका पुर्व जिल्ला सचिव तिलक बिष्टले सन्चालन गरेको कार्यक्रममा ६ जना प्रतियोगीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया