अखिल (क्रान्तिकारी) बारेकोटको अध्यक्षमा विशाल

No description available.
बारेकोट । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) बारेकोट गाउँ कमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले विशाल महरको अध्यक्षतामा ९ सदस्सीय गाउँ कमिटी गठन गरिएको छ ।

संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विराजन शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तथा बारेकोट गाउँ कमिटी इन्चार्ज नविन, अखिल (क्रान्तिकारी) जिल्ला संयोजक दिपेन्द्र सिंह, बारेकोट गाउकमिटी सेक्रेटरी विज्ञान, अखिल (क्रान्तिकारी) जिल्ला सचिव तिलक बिष्ट लगायत अन्य अतिथिको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराजन शाहीले नेपाली राजनीतिमा देखिएको संकटलाई समाधान गर्न अखिल क्रान्तिकारिले पनि जनमत संग्रहमा भाग लिने बताए । उनले शिक्षाको नाममा लुटको खेती गर्ने शैक्षिक माफियाहरुप्रति अझ निरन्तर संघर्ष जारी राख्ने समेत चेतावनी दिए ।

यस्तै, बारेकोट गाउँकमिटी इन्चार्ज नविनले विधमान अवस्थामा शैक्षिक क्षेत्रको चरम संकटलाई चिर्नको लागि जनमत संग्रह मार्फत दलाल संसदीय व्यवस्थाको विकल्प बैज्ञानिक समाजवाद अपरिहार्य आवश्यकता रहेको औल्याए । नवनिर्वाचित गाउँकमिटीले बारेकोट क्षेत्रका शैक्षिक विकृतिको विरुद्ध सशक्त आवाज उठाउने प्रतिबद्धता गरेको छ ।

सरोज चलाउनेको स्वागत मन्तव्य रहेको कार्यक्रममा बारेकोट गाउँपालिकाका सबै बिद्यालयबाट प्रतिनिधिको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सञ्चालन संगठनका जिल्ला सचिव तिलक बिष्टले गरेका थिए ।

तपाईको प्रतिक्रिया