
काठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका २ जना संक्रमित फेला परेका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालले कर्नाटकमा २ जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् ।
६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘हालसम्म देशमा यो भेरियन्टबाट २ जना संक्रमित भएको पुष्टि भएको छ’, अगरवाले भने, ‘दुबै संक्रमित कर्नाटकका हुन् ।’
यो सँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।
















































। १६ मंसिर २०७८, बिहीबार