बालविवाह निरन्तर : कारवाहीमा होईन संरक्षणमा स्थानीय सरकार

खरीबोट

सांकेतिक फोटो

भुपेन्द्र नेपाली
खलंगा । देशैभरीको प्रमुख समस्या रुपमा रहेको बालविवाह अहिले सम्म पनि ग्रामीण भेगहरुमा निरन्तर भईरको छ । कतिपय स्थानीय सरकारले बालविवाह गर्ने गराउने जस्ता गैरकानुनी कार्यमा संग्लन व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गरीरहेका छन् । कतिपय स्थानीय सरकारले बालविवाह जस्तो गैरकानुनी कार्यमा संग्लन भएका व्यक्तिहरुलाई संरक्षण गर्ने गरेको पाईन्छ ।

यस्तै, जाजरकोट जिल्लाकोे ग्रामीण भेगमा बालविवाह निरन्तर हुँदै आएका छन् । समाजमा दिन प्रतिदिन प्रत्यक्ष रुपमा बालविवाह निरन्तर हुँदा पनि स्थानीय सरकार र सरोकारवाला व्यक्ति मौन बसेका छन् । गरिबी, अशिक्षा, बेरोजगारी र स्थानीय सरकारको लाप्रवाहीको कारण ग्रामीण भेगमा बालविवाह निरन्तर रुपमा बढ्दै गएको हो ।

बालविवाह जस्तो गैरकानुनी कार्यमा संग्लन भएको व्यक्तिलाई कानुन बामोजिम सजाय गर्नुपर्नेमा हाम्रो स्थानीय सरकारका प्रतिनिधीहरु र सरोकोरवालाहरुले बालविवाह गर्ने गराउने व्यक्तिलाई संरक्षण गर्न तर्फ लागेको छन् । स्थानीय सरकार बनेका पाँच बर्ष पुरा हुन लागेको छ, यो समय अवधिमा दर्जनौं जोडिहरुले बालविवाह गर्दापनि एउटा पनि जोडिलाई कारवाही भएको छैन् । उल्टै चुनावमा भोटरको संख्या बढ्छ भन्ने मन साहायले उमेर पुग्दै विवाह गरेका व्यक्तिहरुलाई नगरेको भन्न लगायर नेपाली नागरिकताको प्रमाण पत्रको सिफारिस गरी नागरिकताको प्रमाण पत्र दिईन जस्ता गैरकानुनी काम गरेको बारेकोटका एक स्थानीयले जानकारी दिए ।

वालविवाहबाट बैबाहिक जीवनमा पर्न सक्ने असर, बालिकाको प्रजनन स्वास्थ्यमा पर्न प्रत्यक्ष अप्रत्यक्ष असरहरुको बारेमा थाह नपाउनु, बाल अधिकार, कानूनी व्यवस्था बारेमा जानकारी नपाएका कारण पनि बालविवाह हुने गरेका छन् । बालबालिका सम्वन्धी ऐनले १६ वर्ष उमेर नपुगेका लाई बालबालिका भनिएको छ । कसैले विवाहको नाममा वा अन्य कारणले १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा जर्वजस्ती करणीको गम्भीर अपराध हुने व्यवस्था रहेको छ ।

नेपाल सरकारको विवाह सम्बधी कानुनी व्यवस्था अनुसार अभिभावको मन्जुरीले केटा केटीको उमेर १८ वर्ष पूरा भएको र प्रेम विवाहको लागि केटा केटी दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने छ । विवाह गर्दा गर्दा वा गराउदा ढाँटेर, झुक्याएर, गफलतमा पारेर र केटा केटीको इच्छा एवं सहमति विपरित विवाह गर्न गर्न वा गराउन हुँदैन ।

कसैले कानूनले तोकेको उमेर पूरा नभएको अवस्थामा वा झुक्याएर वा केटा केटीको इच्छा विपरित जात, धर्म, परम्परा आदिका नाममा विवाह गरे गराएका खण्डमा विवाह बदर हुने र त्यसरी विवाह गर्ने गराउनेलाई उमेरको अवस्था हेरी ६ महिला देखि ३ वर्ष सम्म कैद र जरिवाना हुने व्यवस्था गरिएको छ । कानुनी व्यवस्थालाई स्थानीय सरकारले पुर्णरुपमा पालन गर्नु पर्ने स्थानीय सरकार र सरोकारवाला व्यक्तिहरुले नै यसको संरक्षण गरेको बारेकोट २ की स्थानीय कविता विश्वकर्माले बताईन ।

‘उनल भनिन्न सृष्टि संचालनका लागि विवाह गर्नु एउटा आवश्यकता पनि हो । विवाह केटाकेटी वीचको आजीवज सम्झौता पनि हो । बैबाहिक जीवन सुखद रहेमा घरपरिवार देखि शुभचिन्तक सवै खुशी र सुखी हुन्छन् तर कसैको सम्वन्ध कुनै कारणले असफल भएमा घरपरिवार, आफन्त देखि समाजमा पनि यसको प्रत्यक्ष अप्रत्यक्ष असर पर्दछ । बैबाहिक जीवन असफल हुनुमा हत्या, आत्महत्या, यातना जस्ता अमानवीय घटनाहरु रहेको छन् ।’

हाम्रो ग्रामिण क्षेत्रमा विशेष गरी वालविवाहको अहिले सम्म पनि अन्त्य हुन सकेको छैन । बालविवाह गर्नु गराउनु बाल अधिकार, महिला अधिकार, मानव अधिकार र कानूनी शासनको समेत बहिस्कार गर्नु हो । बालविवाहका कारण बालबालिका पढ्न पाउने, स्वेच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत वन्चित भईरहेका छन् ।

बालविवाहलाई स्थानीय र हाम्रो स्थानीय तहले सहर्ष स्वीकार गरेको छ । हाम्रो समाजा भएका बालविवाह विरुद्धमा कोही कसैले पनि उजुरी नै नगर्ने र स्थानीय तहको सरकारले समेत कानुनी व्यवस्थाको पालन गर्न सकेको छैन् । सरकारको लापारवाही र गरिबी जस्ता विविध कारणहरुले गर्दा अहिले सम्म पनि बालविवाह नियन्त्रण हुन नसकेको बारेकोट गाउँपालिका २ का स्थानीय युवा भिम बहादुर नेपालीले बताए ।

उनले भने ‘बालविवाह कानूनी रुपमा अपराध हो । कानूनले नै निषेध गरेको कुरा गर्ने गराउने अधिकार कोही कसैलाई हुदैन । प्रहरी प्रशासन एवं स्थानीय सरकारको अगाडि नै खुलयाम बालविवाह हुँदा पनि त्यस प्रकारका गैरकानूनी कार्यलाई रोक्ने र बालविवाह गर्ने गराउने अभिभावक समेतलाई कानूनको दायरामा ल्याउन सकेको छैन ।’

सानो उमेरका बालिकाहरु स्वास्थ्य र मानसिक रुपमा समेत गर्भवती बन्न सक्ने अवस्थाका हुँदैनन । सानै उमेरमा बालिका गर्भवती भएका खण्डमा आफू स्वस्थ्य हुँदैनन् र बच्चा समेत स्वस्थ रुपमा जन्माउन सक्दैनन् । यसरी सानो उमेरमा नै गर्भवती हुँदा आमा तथा बच्चाको समेत अकालमा नै जान जानसक्छ । परम्परा, धर्म, संस्कृति आदिका नाममा सानै उमेरमा विवाह गर्दा गराउदा आफ्नै बालिकाको अकालमा नै मृत्यू हुन सक्ने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट नै वन्चित हुनु पर्ने यथार्थतालाई हाम्रो समाज र स्थानीय सरकारले सहजै सुईकार गरेको छ ।

बालविवाहकै कारण घरेलु हिंसा, महिला जस्ता हिंसाहरु तीब्र रुपमा हुने गरेका बारेकोट गाउँपालका २ का स्थानीय युवा तुल बहादुर नेपालीले बताए । ‘बालबालिकालाई नियमीत रुपमा शिक्षाको स्वास्थ्य तथा मानसिक रुपमा पर्न सक्ने असर र क्षतिको बारेमा सवै अभिभावक तथा नावालक विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने । बालविवाह गर्ने गराउने परिवारको अभिलेखिकरण गरी सो को कारणका बारेमा गहिरो अध्ययन गरी सो को रोकथामको प्रयास गर्दा बालविवाह रोकथाम गर्न सकिने समेत नेपालीको भनाई रहेको छ ।’

बालविवाह सामाजिक रोग हो । यस प्रकारको गैरकानूनी कार्यलाई रोक्न सवै सरोकारवालापक्षका सहयोग आवश्यक हुन्छ । बालविवाह गराउने कार्य निषेध गरिएका खण्डमा बाल–बालिका दुवैको भविष्य उज्जवल हुने, बालअधिकार र मानव अधिकारको संरक्षण हुने, समाजमा शान्ति सुव्यवस्था कायम गर्न मद्दत पुग्ने, स्वेच्छिक रुपमा मन परेका केटाकेटी संग विवाह गरी बैबाहिक जीवन सफल हुने र कानूनको शासनको पनि सम्मान हुने भएकोले बालविवाहको अन्त्य गरौं बालबालिकाको सुनौलो भविष्य सुरक्षित गरौं ।

तपाईको प्रतिक्रिया