छेडागाड तीनमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न, अध्यक्षमा वुढा

Open photo
खलंगा । जिल्लाको छेडागाड नगरपालिका वडा नं. ३ मा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार मंगलबार माओवादी केन्द्रले छेडागाड तीनमा वडा अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनबाट वडा कमिटीको अध्यक्ष राम बहादुर बुढा, उपाध्यक्ष दरे बुढा, श्रीप्रसाद जैसी, नरे दमाई, कोषाध्यक्ष बसन्ता कसेरा, सचिव प्रकाश भट्टराई, सह–सचिव तुल बहादुर बुढा सहितको वडा कमिटी सर्वसहमतबाट चयन भएको सहकर्मी वीर बहादुर बुढाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया