
खलंगा । नेकपा एमाले जाजरकोटका सचिवालय सदस्य तप्त वहादुर हमाल सहितका नेता कार्यकर्ता एकीकृत समाजवादी पार्टीमा समाहित भएका छन् ।
नेता हमाल सहित सचिवालय सदस्य गम्ब सिंह, जिल्ला कमिटी सदस्य कृष्ण सिंह, कुशे गाउँ कमिटि उपाध्यक्ष कृष्ण बहादुर सिंह, सचीव कबिन्द्र जैसी लगायत ४० जना सदस्य समाजवादीमा समाहित भएका हुन् ।
त्यसैगरी तिलक नेपाली , मधुकर जैसी लगायत एघार जनाले कांग्रेस परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन् ।
उनीहरुलाई सोमबार एक कार्यक्रमकाबीच एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव एवं कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले पार्टीमा स्वागत गरेका छन् ।
















































। ७ मंसिर २०७८, मंगलवार