
जाजरकोट । विद्यार्थी भर्ना नलिएको विषयमा काठमाडौं विश्व विद्यालयलाई अखिल (क्रान्तिकारी) ले ज्ञापन पत्र बुझाएको छ ।
नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौं विश्वविद्यालयका डिन राजेन्द्र काजुलाई विश्वद्यालयका ईन्चार्ज महेश अधिकारीले सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।
विश्वविद्यालयले विभिन्न बहानामा सर्त तेर्साएर चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परिक्षाबाट छनौट गरी पठाएका ९ जना विद्यार्थीहरुलाई भर्ना नलिने बिषयमा हाम्रो संगठनको ध्यानाकर्षण भएको छ ।
आफ्ना पदाधिकारी ,प्राध्यापक र स्थानियका छोराछोरीले पढ्न पाउनु पर्ने बिशेष सुविधा पाउनुपर्ने गलत सर्त राखेर २०७५ मा जारी भएको चिकित्सा शिक्षा ऐनको खिलाप गएको छ ।
तसर्थ मेरिट अनुसार भर्ना हुन आएका ९ जना विद्यार्थीलाई यथाशिघ्र भर्ना गर्न जोडदार माग गरी ज्ञापन पत्र बुझाईएको अधिकारीले जानकारी दिए ।
यस्तो छ ज्ञापनपत्र

















































। ६ मंसिर २०७८, सोमबार