सराहनीय कार्य : बन्दको दिन, बन्दकर्ता र ट्राफिक मिलेर सडक रंगरोगन

May be an image of 11 people, people standing and outdoors
खलंगा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका दिन सल्यानमा ट्राफिक प्रहरी र बन्दकर्ताको साझेदारीमा सडक रंगरोगन गरिएको छ । मंगलबार गरेको नेपाल बन्दको क्रममा सल्यानमा बन्दकर्ताले सडकमा ट्राफिक चिन्हहरुको व्यवस्थापन गरेका छन् । श्रीनगरका ३ ठाउँमा जेब्रा क्रसिङ निर्माण र रङरोगन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिए ।

May be an image of 6 people, people standing and road

लामो समयदेखि सल्यानमा जेब्रा क्रसिङहरु मेटिदै गएको अवस्थामा नयाँ बनाइएको हो । बन्दकर्ताले ट्राफिक चिन्हहरु बनाउँदा ट्राफिक प्रहरीले समेत सहयोग गरेको थियो । दुर्घटना कम गर्न, समाजमा सकारात्मक सन्देश दिन र राजनीतिक कार्यकर्ताहरु असल कार्यकर्ता हुन्छन् भन्ने ध्ये यस्तो काम गरिएको नेकपाका केन्द्रीय सदस्य सविन पोखरेलले बताए ।

May be an image of 11 people, people standing and outdoors

मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएको उनको भनाइ छ । सवारी साधन बन्द भएको बेला यस्तो रंग रोगनले अरु अवस्थाको भन्दा राम्रो र दीर्घकालिन जानकारहरु बताउँछन् । ट्राफिक प्रहरी प्रमुख लक्ष्मण विश्वकर्मा सल्यान गएको पहिलो काम गर्न पाउँदा निकै खुशी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया