मुगुको गमगडीमा भिषण आगलागी,२२ घर जले

No description available.
मोहनसिंह बुढा
मुगु । मगु जिल्लाको सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी भएको छ । आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् । (हिजो) सोमबार राती करीब साढे १२ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ४ बजे पछि नियन्त्रणमा आएको प्रहरीकार्यलय मुगुले जनाएको छ ।

मुगु जिल्ला प्रहरीका अनुसार आगलागी स्थानीय ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर सुरु भएको हो । राती साढे १२ बजे आगलागी भएको जानकारी कार्यालयमा आएपछि तत्काल सुरक्षाकर्मीको टोली आगलागी नियन्त्रण्मा जुटेकोे जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्र बहादुर भट्टराईले जानकारी दिए । उनले भने, आगलागीबाट मानवीय क्षेती भने भएको छैन् ।

आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहभागीता रहेको थियो । आगलागीमा परी १९ घर ३ वटा घुम्ती पसल जलेर खरानी भएका छन् भने ५० करोड बराबरको धनजन, जिन्सी सामान, व्यापारीक सामान जलेर नष्ट भएको र राति भएका कारण थप विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कायालय मुगुले बताएको छ ।

तपाईको प्रतिक्रिया