जुम्लाको तापक्रम माइनस पाँच डिग्रीमा झ¥यो

जुम्लाको तापक्रम माइनस पाँच डिग्रीमा झ¥यो
जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव शून्य डिग्रीमा झरेको छ । देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

दिनभर घाम लागे पनि बिहान बेलुका धेरै जाडो बढेको जुम्लाको तिला गाउँपालिकाका स्थानीयवासि धनराज रावतले बता्ए । चिसोले यहाँका बालबालिका,सुत्केरी महिला,र वृद्धवृद्धालाई निकै गाह्रो भएको स्थानीयवासि बताउँछन् । विहान र बेलुका बढी चिसो हुनेभएकोले घर आगाँनमा आगो बालेर बस्ने गरेको स्थानीयवासि रतन रोकायाले बताए ।

तपाईको प्रतिक्रिया