हुुम्लामा पाग बनाउने परम्परा हराउँदै


मोहनसिंह बुढा, हुम्ला । पछिल्लो समय हुुम्लामा पाग बनाउने परम्परा हराउँदै गएको छ । पुर्खा देखि नै स्थानिय तम्बाखु संग मिसाउन आवश्यक पर्ने रस (पाग) बनाउने चलन हराउँदै गएको हो । बर्षको कार्तिक देखी पुस महिना सम्म पाग बनाइने हुम्लामा यो समय एक दुई स्थानमा मात्र पाग बनाउने मानिस फेला परेका छन् ।

हिमाली क्षेत्रमा नास्पती जस्तो आकार भएको (मेहेल)को रस बाट निकालिएको पाग तम्बाखु बनाउनका लागि अति उपयोगि भएको बताईएको छ भने पछिल्लो समय स्थानिय तम्बाखु खाने मानिसको संख्या घट्दै गएका छन् ।

तम्बाखुलाई मन नपराई बजारबाट आउने चुरोट खानेको संख्या बृद्धी हुन थाले पछि तम्बाखु बनाउने पागको महत्व नभएको पाइएको छ । नास्पती जस्तो आकार भएको ग्रामीण भेकको नाम (मेहेल) को रस निकालेर लामो समय सम्म तामाको भाडो पकाएर थकाइएको रसलाई पाग भन्ने गरिएको पुर्खाहरुले बताएका छन् । एक किसिमले बुझ्ने हो भने स्वास्थ्यका लागि हानिकारक बस्तुको लामो हुनु राम्रो भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया