
खलंगा । नागरिकको गुनासो सुन्न संयूक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र डिभिजन वन कार्यालय जाजरकोटको सह –आयोजनामा उक्त संयूक्त सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
जिल्ला स्थित सरकारी सेवा प्रदायक कार्यालय र सेवाग्राही विचको सम्बन्ध अझ चुस्तदुस्त बनाउन संयूक्त सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।
प्रजिअ देवकोटाका अनुसार सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाका प्रत्येक सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, पत्रकार र सेवाग्राही विच छलफल भएको थियो ।
सरकारी कार्यालय बाट पाउने सेवा सूविधा र सास्तीका विषयमा नागरिकहरुले गुनासो गरेका थिए भने कार्यालय बाट प्रदान गरिने सेवासुविधाहरुलाई अझ नागरिक स्तरमा पुग्ने गरी काम गर्ने कार्यालय प्रमुखहरुले प्रतिवद्धता व्यक्त गरे । जाजरकोटलाई सुशासन, पार्दशिता, र नागरिकलाई सेवा प्रदान गर्न सबै कार्यालय प्रमुखहरुलाई प्रजिअ देवकोटाले आग्रह गरे ।

















































। २९ कार्तिक २०७८, सोमबार