नेतालाई कुर्सीको दौडान,जनतालाई घर धान्नै हैरान

                                                       फाईल तस्विर

भुपेन्द्र नेपाली
खलंगा । कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बने संगै सांसदहरुलाई मन्त्री बन्ने होडबाजी चलिरहेको छ । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी दलका नेताहरु कुन मन्त्रालय लिने भन्ने दौडानमा छन् । मुख्यमन्त्री बनेको पन्ध्र दिन वित्दा पनि मन्त्रीकै लागि भागबण्डा नमिल्दा मन्त्रालय विस्तार हुन सकेको छैन् । तर यता कर्णाली बासी भने चाडपर्व मनाएको भोलिपल्ट देखि काम गर्न विदेशी भुमिमा जान बाध्य छन् ।

कर्णालीमा जसको सरकार आएपनि रोजगारीको उचित व्यवस्था हुन नसकेको आम नागरिकको गुनासो छ । चुनावमा एक घर एक रोजगार भन्ने नारा बोकेर जनताको घर दैलोमा पुगेका नेताहरुले आफ्नो चुनावी नारालाई समेत पुरा गर्न सकेका छैनन् । नेताहरुका चुनावी नारा नारामै मात्रै सीमित भएको छन् । जनता समक्ष पुरा हुन नसकेको जाजरकोटका स्थानीयहरु गुनासोे छ । स्थानियहरु भन्नछन्, ‘निर्वाचित सांसदहरु कुर्सीको दौडमा व्यस्त छन् स्थानिय तहका जनप्रतिनिधीहरु आफ्ना आफन्तलाई अवसर जुटाउनै व्यस्त छन् ।’

हाम्रो देशमा नेतालाई कुर्सीको दौडान हुन्छ, जनतालाई घर धान्नै हैरान हुन्छ । घरको चुलोमा एक छाक खाना पकाउन लागि झोला बोकेर विदेश जानु पर्ने अवस्था रहेको छ । ‘विदेश जानु हाम्रो रहर होईन, घर परिवारसंगै भएर काम गर्ने विहान बेलुका आफ्नो घरमा पाकेको खाना खाने मन हामीलाई पनि छ ।

देशमा रोजगारी छैन् काम नगरी पेट भरीदैन् घरपरिवारको पेट भर्नका लागि भएपनि छिमेकी देशहरुमा काम गर्न जानुपर्ने वाध्यता भएको बारेकोट गाउँपालिका २ का स्थानीय भक्त बहादुर नेपालीले भनाई छ ।’ हाम्रो पहुँचकर्मी संग भएको टेलिफोन कुराकनीमा उनले निराश हुदै भने, ‘सरकार छ रोजगार छैन् कर्णालीमा नेताहरु आफ्नो सरकार चाहीएको जनतालाई रोजगार चाहिएको छ, चुनाव जितेर सांसद वने पछि प्रदेश कार्यालय छोड्दैनन् भने, जनताले राम्रोसंग चाडपर्व मनाउन पाउँदैनन् ।’

कर्णालीका अधिकांश विकास निर्माणका कामहरु पावर र पहुँच भएका मानिसहरुले मात्र पाउने गरेका छन् । सर्वसाधरण नागरिकहरुका लागि रोजगारी मुलक विकास निर्माणका कामहरु हुन नसकेको बारेकोट २ का स्थानीय प्रेम बहादुर नेपालीले बताए ।

उनी भन्छन्, ‘सरकारी कार्यालयको भवन निर्माण, सडक निर्माण खानेपानि तथा सिचाईका योजना र अन्य कुनैपनि योजनाको उपभोक्ता समिति निर्माण गर्दा पनि स्थानिय सरकारका नजिक मानिसहरु, पार्टीका कार्यकर्ताहरुले जिम्मेवारी पाउने गरेका छन् ।’

तपाईको प्रतिक्रिया