सुर्खेतमा अटो दुर्घटना हुदाँ एकको मृत्यु दुई घाईते


सुर्खेत । सुर्खेतमा अटो दुर्घटनामा परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । विरेन्द्रनगर नगरपालिका १ मा बस्ने ४४ बर्षिय जमरा शाहीको कर्णाली केयर अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही स्थानमा बस्ने ५३ बर्षिय लक्ष्मी बहादुर शाही र २० बर्षिय जगत शाही सामान्य घाईते भएको प्रहरी चौकी बाङेसिमलले जानकारी दिएको छ ।

प्रहरी चौकी बाङेसिमलका अनुसार विरेन्द्रनगर नगरपालिका १ बाङेसिमल चेक प्वाईन्ट देखि अन्दाजी १ कि.मि. गिरीघाट तर्फ जाँदै गरेको भे १ ह ८४४ नं.को अटो आफै अनियन्त्रत भई सडकको बाँया साईडको कर्लभर्टमा ठोकिएर दुर्घटना भएको हो । ओटो चालक विरेन्द्रनगर नगरपालिका १ मा बस्ने २४ बर्षिय रमेश शाही प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया