जनगणनामा सत्यतथ्य विवरण उपलब्ध गराउन : सभामुख सापकोटाको आह्‍वान

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले १२औं राष्ट्रिय जनगणनामा सहभागी भई सत्यतथ्य विवरण उपलब्ध गराउन आह्वान गरेका छन् ।

शनिबार बिहान लैनचौरस्थित निवासमा पुगेको जनगणनाको टोलीलाई परिवारको तथ्यांक उपलब्ध गराएपछि सत्यतथ्य विवरण उपलब्ध गराउन आह्वान गरेका हुन् ।

सभामुखको जनगणनाको लागि सभामुख निवास लैनचौरमा जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा. राम कुमार फुयाँलको नेतृत्वमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली पुगेको थियो ।

तपाईको प्रतिक्रिया