एकीकृत समाजवादी पार्टी जाजरकोटको संगठन विस्तार अभियान तीव्र,भेरीका चार वडामा कमिटी गठन

May be an image of 16 people, people standing and outdoors
जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जाजरकोटले संगठन विस्तारलाई तिब्रता दिएको छ । गत असोज ३ गते सम्पन्न जिल्ला स्तरीय भेलाबाट पार्टीको जिल्ला संगठन कमिटी गठन गरेको नेकपा (एस) ले अहिले पालिका तथा वडा कमिटीहरु गठन तथा विस्तारका कार्यक्रम गरिरहेको छ ।

यसै क्रममा नेकपा एकीकृत समाजवादी भेरी नगर कमिटीले भेरी नगरपालिकाका ४ वटा वडामा वडा कमिटी गठन गरेको छ । पार्टीका जिल्ला कमिटी उपाध्यक्ष कमान बहादुर खड्काको नेतृत्वमा साविक खलंगा गाविस अन्र्तगतका वडा नं. १, २, ३ र ४ नम्वर वडामा पार्टी कमिटी गठन गरिएको नेकपा एस जाजरकोटका कार्यालय सचिव शिव प्रससाद शर्माले जानकारी दिए ।

कार्यालय सचिव शर्माका अनुसार वडा नं. १ मा गोपाल तिरुवाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा कालि बहादुर रावत, सचिव सविन विक र उपसचिव धनमाया खड्का खत्री रहेका छन । त्यस्तै वडा नं. २ मा लाल बहादुर वलीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा गगन थापा र सचिव गोपिराम वली रहेका छन ।
वडा नं. ३ मा गोपाल शाहको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

जस्को उपाध्यक्षमा ईश्वरी खत्री र सचिव खिम प्रसाद नगरकोटी रहेका छन । वडा नं. ४ मा पुर्षाेतम भट्टराईको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा बल बहादुर चन्द, सचिव योगमाया कार्की र उपसचिव सुदिप राज चन्द रहेका छन ।

वडा कमिटी गठनका क्रममा बोल्दै उपाध्यक्ष कमान बहादुर खड्काले पार्टी प्रतिको आकर्षण बढ्दै गएको बताएका छन । केन्द्रमा एमालेबाट बिद्रोह गर्ने कार्यमा मुख्य भुमिका खेलेका तर केपी ओलीको १० बुदे जालमा परेका नेताहरु विचल्ली परेपछि नेकपा समाजवादी पार्टी रोज्नेहरुको संख्या बढेको खड्काको भनाई छ ।

नयाँ पार्टी भएकोले सुरुमा अन्य प्रतिस्पर्धी पार्टी भन्दा केही सानो आकार देखिनु स्वभाविक भएको भन्दै आगामी निर्वाचन सम्म आफ्नो पार्टी अन्य पार्टी भन्दा बलियो हुने खड्काले बताए । खड्काले जिल्ला पार्टीमा नेताहरुको संख्या कम भएपनि जनमत अन्य पार्टी भन्दा बढ्दै गएको बताए । केपी ओलीले नेतृत्व गरेको एमालेले अव जाजरकोटमा कुनैपनि निर्वाचन नजित्ने उपाध्यक्ष खड्काले ठोकुवा गरे ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका खड्कालाई भेरी नगरपालिकाको आगामी मेयरको उम्मेदवारको रुपमा हेरिएको छ । हाल सम्मका विभिन्न निर्वाचनमा अपराजित रहेका खड्का भेरी नगरपालिकाको मेयरका बलियो उम्मेदवार हुन ।

May be an image of 8 people, people standing and outdoors

तपाईको प्रतिक्रिया