
खलंगा । लागु औषध (चरेश) मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बारेकोट गाउँपालिका एक बस्ने ५३ बर्षका प्रेमबहादुर थापालाई (आज) शुक्रबार भेरी नगरपालिका ३ ठाँटीबजारमा खोज तलाश गर्ने क्रममा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
२०६५ साल माघ १९ गतेको जिल्ला अदालत जाजरकोटको फैसलाले थापालाई १ बर्ष १० महिना २८ दिन कैद र १५ हजार जरिवाना तोकिको थियो । तर थापा हाल सम्म फरार थिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटमा दाखिला गरी रितपूर्वक जिल्ला अदालत जाजरकोटमा पठाईएको प्रहरीले जनाएको छ ।
















































। २६ कार्तिक २०७८, शुक्रबार