कर्णालीका नयाँ प्रदेश प्रमुखले लिए शपथ

कर्णालीका नयाँ प्रदेश प्रमुखले लिए शपथ

सुर्खेत  । हालै नियुक्त कर्णालीका नायँ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ लिएका छन् ।

कर्णाली प्रदेशमा प्रदेश प्रमुख सहित प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहिबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।

कर्णालीका तिलक परियार सँगै प्रदेश १ का पर्शुराम खापुङ र सुदूरपश्चिमका देवराज जोशीले शपथ लिएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले कात्तिक २३ गते उनीहरूलाई नियुक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया