दश रोपनी जग्गामा रहेका अवैध गाँजाका बोटहरु नष्ट


दश रोपनी जग्गामा रहेको गाँजाका बाृेटहरु प्रहरीले नष्ट गरेको छ । जिल्लाको भेरी नगरपालिका २ स्थित विफिया लेख र खाम डाँडाका विभिन्न स्थानमा गरिएको अवैध गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी चौकी पाँचकाटिया बाट प्रहरी हल्वदार रामबहादुर शाहीको नेतृत्वमा गएको पाँच जनाको टोलीले गाँजाका बोटहरु नष्ट गरेको हो ।

तपाईको प्रतिक्रिया