नेपाल–भारत सुरक्षा बैठक बैंगलोरमा


काठमाडौं । नेपाल र भारतबीचको सुरक्षा बैठक भारतको बैंगलोरमा हुने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयका सहसचिव नेतृत्वको टोली बुधबार बैंगलोर जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बैठकको नेतृत्व दुवै मुलुकका परराष्ट्र मन्त्रालयका सहसचिवले गर्नेछन् । नेपाल सरकार र भारत सरकारबीच सुरक्षासम्बन्धी विषयमा छलफल गर्न सन् २००३ मा ‘नेपाल–भारत द्धिपक्षीय परामर्श समूह’ गठन भएको थियो । बैठकमा तालिम र क्षमता अभिवृद्धिलगायत सुरक्षाका विविध विषयमा छलफल हुने नेपाली सेनाले जनाएको छ ।

सन् २००३ देखि २०१८ सम्ममा १३ वटा यस्ता बैठक भइसकेका छन् । समूहको १४ बैठक २०७६ सालमा भारतमा हुने भनिएपछि कोरोना संक्रमणको जोखिमका कारण उक्त बैठक स्थिगित भएको थियो ।

तपाईको प्रतिक्रिया