
बासुदेव शर्मा
खलंगा । जाजरकोटको कुदुमा बर्षेनी पिउने पानीले सताउने गरेको छ । बर्षाै देखी पिउने पानीको समस्या समाधान गर्न सरोकारवाला निकायले दिर्घकालीन योजना बनाउन नसक्दा भेरी नगरपालिका १३ कुदुुबासी सास्ती बेहोर्दै आएका छन् ।
भेरी नगरपालिकाले करिव ४४ लाख बजेटमा डिप बोरिङ्गबाट पानी निकालिएको थियो ।
पानी आएपछि खुसी भएका स्थानिय लाईनमा वसेर पानी ल्याउनु पर्दा निराश हुने गरेका छन् । भेरी नदि बाहेक पानीको मुहान छैन । भेरी नदिको धमिलो पानी भन्दा डिप बोरिङ्गको पानी स्वच्छ सफा हुने भएपछि राती १२ बजेसम्म लाईन बसेर पानी ल्याउनु पर्ने बाध्यता छ । भेरी नदिको धमिलो पानीमा जिवन निर्बाह गरेका नागरिकले डिप बोरिङ्गबाट पानी निकालेपछि करिब ८ सय घरपरिवार डिप बोरिङ्गकै पानीमा आत्मनिर्भर छन् ।
छहरी कुदु खानेपानी मर्मतको लागी भेरी नगरपालिकाले ४२ लाख, बृहत जलाधार कार्यालयले करिव २ लाख, खानेपानी सिचाई तथा उर्जा बिकास कार्यालयले करिव ४ लाख मर्मतको लागी बिनियोजन गरेको थियो । बजेट विनियोजन गरेर काममा लगानी गरेपनि सम्वधित कार्यालयबाट कामको अनुगमन नहुदाँ बालुवामा पानी हाले सरह बजेट भएको हो । स्थानिय सरकारबाट आएको बजेट सहि सदुपयोग काम नहुदाँ दुख पाउने गरेका नेपाली काग्रेसका नेता ध्रुव प्रसाद शर्माले बताउनुभयो ।
सुखी नेपाली समृद्ध सरकार बनाउने लक्ष्य लिएको भेरी नगरपालिकाले खानेपानीको लागी दिर्घकालिन सोच नबनाउदाँ बर्षेनी नागरिकले पिउने पानीको लागी दुख पाउने गरेका हुन् । बर्षेनी खानेपानी मर्मतको लागी कनिका छराई बजेट, राजनैतिक आस्था र नाता गोतालाई उपभोक्ता समितिको मालिक बनाउदाँ बालुवामा पानी हाले जस्तै भएको भेरी नगरपालिका १३ का अम्बिका प्रसाद आचार्यले बताउनुभयो ।
कुदु छहरी खोला खानेपानी मर्मतको लागी आएको बजेट सरकोरवाला निकायले एकद्धार प्रणालीबाट खर्च नगर्दा नागरिकले खानेपानीमा सास्ती पाएको स्थानिय दिपक बटालाको कथन छ । खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय प्रदेश सरकार अन्तर्गत पर्ने भएकोले बृहत योजना केन्द्र सरकारको जिम्मेवारी भएकोले कार्यालयले मर्मत सम्भार बाहेक योजना संन्चालन गर्न नसक्ने कार्यालय प्रमुख ज्वालाराज शाहीले बताउनुभयो । बजार क्षेत्रका बृहत योजना केन्द्र सरकारले निर्माण गर्ने उहाँको भनाई छ ।
बर्षेनी खानेपानीमा बजेट आएको सुन्छौ पानी सुधार भएको छैन कसरी खर्च हुन्छ सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण पनि हुदैन, उपभोक्तालाई जानकारी नै हुदैन नागरिकका दुख उस्तै छन् पानी प्रयाप्त पाउने दिन कहिले होला, सरोकारवाला निकायले चाँसो नदिदाँ कुदुवासीले खानेपानीमा दुख पाउने गरेको स्थानिय रामकृष्ण गिरीले बताउनुभयो ।
नेपाल समाचारका जिल्ला सम्बादाता बासुदेव शर्माले पानीका लागी लाईन बसेको फोटो सामाजिक संन्जालमा राखेपछि सरोकारवाला निकायले टिका टिप्पणी गर्न शुरु गरेका छन् । सोहि क्रममा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिे कुदु खानेपानीको लागी बर्षेनी वजेट बिनियोजन गरेको बताउनु भएको छ । नगर सरकार भएपछि करिव ९८ लाख खर्च गरेको समाजिक संन्जाल मार्फत उहाँले प्रष्ट पार्नु भएको छ ।
जनताको दैनिक समस्या समाधन गर्न घर आँगनमै आएको सिह दरवारले खानेपानी सुधार गर्न नसक्नु, बाहिर बसेका सदस्य चाँडपर्बका मनाउन घर फर्केका नागरिकहरु पानी नहुदाँ गाग्री बोकेर लाईन बसि पानी ल्याउने गरेका छन् ।
दशै तिहार, हर्ष उत्सव लगाएतका कार्यक्रममा पानी धेरै खर्च हुने हुदाँ घरका सदस्य गाग्री बोकेर भेरी नदी र डिप बोरिङ्गमा लाईन वसेर घण्टौ कुरेर नल्याए पानी पाईदैन स्थानिय कृष्ण प्रसाद न्यौपानेको भनाई छ ।
बिजुली बत्तीको भरमा छिन्चु जाजरकोट सडक अन्तर्गत कुदु स्वास्थ्य चौकी कम्पाउण्ड भित्र निकालिएको पानी सडकमै भर्नु पर्दा सवारी साधनले कुचेल छनकी भन्ने डर लाग्छ स्थानिय साबित्रा रावतको भन्नु भयो । विजुली बत्तीबाट चलेको डिप बोरिङ्ग लाईन बसेर एक गाग्री पानीको पाँच रुपैया तिर्नुपर्छ ।
















































। ८ कार्तिक २०७८, सोमबार