बारेकोट विशेष : पहिरोले विद्युतको कुलो बगाउँदा १५ सय धरधुरी अध्याँरोमा


खलंगा । जिल्लाको बारेकोट गाउँपालिका ३ मुल्साममा रहेको गाग्राखोला लद्यु जलविद्युत आयोजनाको कुलो पहिरोले बगाउँदा १५ सय भन्दा बढी घरधुरी अधेँरोमा बस्न बाध्य भएका छन् ।

गत कात्तिक २ गते बाढी संगै आएको पहिरोले विद्युतको कुलो बगाउँदा बारेकोट गाउँपालिका २÷३ का १५ सय भन्दा बढी घरधुरी अध्याँरोमा बस्न बाध्य भएका हुन् । गाउँपालिकाको पहाडा मुल्साम, स्याला मुल्साम, पछेउरी, बुढागाउँ, रोकायगाउँ, अयर्ना, सेरी, लिम्सा, ध्यारगाउँ लगायतका वस्तीहरु विद्युत सेवा बाट बञ्चित भएको बारेकोट गाउँपालिका २ का स्थानीय हरीबहादुर नेपालीले जानकारी दिए ।

पहिरोले विद्युतको कुलोमा क्षति पु¥याउँदा वैंक, गाउँपालिका, वडा बाट सेवा प्रवाह गर्न समस्या भईरहेको गाउँपालिकाले जनाएको छ । विद्युतको कुलो कहिले बन्ने भन्ने विषयमा सरकारी निकायले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । बालबालिकालाई वेलुका अध्ययन गर्न समेत समस्या भएको छ ।

तपाईको प्रतिक्रिया