विद्यालयका प्रअ र भान्सेलाई एक दिने क्षमता अभिमुखीकरण तालिम

May be an image of 2 people, people standing and outdoors

खलंगा । विश्व खाद्य कार्यक्रमको आयोजनामा दिवा खाजा कार्यक्रम सञ्चालित विद्यालयहरुका प्रधानाध्यापक र भान्सेहरुका लागी खाद्यान्न भण्डारण र भान्साकोठाको सरसफाई सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज नलगाड नगरपालिकाको त्रिभुवन मा बि दल्लीमा सम्पन्न भएको छ ।

दिवा खाजा कार्यक्रम लागू भएका नलगाडका ३० वटा बिद्यालय का प्रधानाध्यापक र भान्से सहभागी सो कार्यक्रममा सहजीकरण गर्दै विश्व खाद्य कार्यक्रम जाजरकोटका फिल्ड कोर्डिनेटर कृष्ण थापाले चिसो र ओसिलोले गर्दा खाद्यान्न बिग्रने र पौष्टिकतामा कमि आउने जसबाट विद्यार्थीहरुमा दिवाखाजा प्रति नकारात्मक असरहरु पर्नुको साथै बालबालिकाहरुको स्वास्थ्यमा पनि असर गर्ने भएकाले सुरक्षित राख्नुपर्ने बताए।

May be an image of 1 person and standing

नलगाडका ६१ वटा बिद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको र अन्य बिद्यालयका प्रधानाध्यापक र भान्सेहरुलाइ पनि अभिमुखिकरण कार्यक्रम गरिने थापाले बताए । कार्यक्रममा अर्का सहजकर्ता गोबिन्द धाबिले किरा, फटयांग्रा तथा मुसाले खाद्यान्न नास गर्ने र जस्ले गर्दा विद्यार्थीहरुलाई महिनाभरिलाई खाना अपुग हुने गरेकोले कार्यक्रम प्रती समाजको नकारात्मक सन्देश जान नदिन विद्यालयका प्रधानाध्यापक र भान्से हरुले भन्डारणमा उचित ध्यानदिनु पर्ने बताए ।

कार्यक्रममा विश्व खाद्य कार्यक्रमका फिल्ड सहायक हिक्मत चौधरीले खाद्यान्न भणडारण र भान्सा कोठा सरफाइ गर्ने तरिका बारे प्रष्ट पारेका थिए । दिवाखाजा कार्यक्रमले विद्यार्थीको भर्नादर बढाउनु, टिकाउनुको साथै बालबालिकाको पोषण अबस्थामा सुधार ल्याएको छ । कार्यक्रमले १ दिनमा प्रती विद्यार्थी ८० ग्राम चामल,२० ग्राम दाल,१०ग्राम तेल र २ ग्राम तेल दिने गरेको छ ।

May be an image of one or more people, people sitting and people standing

तपाईको प्रतिक्रिया