स्वर्गीय ‘शेरबहादुर अधिकारी प्रतिभा’ पुरस्कार स्थापनाको घोषणा

खलंगा । स्वर्गीय शेरबहादुर अधिकारीलाई सम्झिदै जाजरकोट खलंगामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । मधुरिमा कला केन्द्र जाजरकोटले आयोजना गरेको उक्त कार्यक्रममा स्वर्गीय अधिकारीको सम्झना स्वरुप १ मिनेट मौन धारण, फोटो माथिको माल्यार्पण, श्रद्धाका शब्द,गीत र मुक्तकका माध्यम बाट सम्झना गरिएको थियोे ।

सदरमुकाम खलंगाको गैरिखालिमा आयोजित उक्त कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधी, कलाकार, साहित्यकार, पत्रकार, परिवारका सदस्य,राजनैतिक दलका प्रतिनिधि लगायत २ सय बढीको उपस्थिति रहेको थियो ।

स्वर्गीय अधिकारीले कला साहित्य र शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदान जाजरकोट जिल्लाका लागि अतुलनीय मानिन्छ । अधिकारी सर जाजरकोट जिल्लाको इतिहास बोकेको बरिष्ठ कलाकार हुनुको तानाले कलाकारहरुको सस्था मधुरिमा कला केन्द्रले यो कार्यक्रमको आयोजना गरेको आयोजक सस्थाका अध्यक्ष गायक रेशम शाहीले बताए ।

कार्यक्रमको अन्तमा ( शेर बहादुर अधिकारी प्रतिभा पुरस्कार ) नामक पुरस्कार कार्यक्रमको घोषणा गरिएको छ । मधुरिमा कला केन्द्रको बिधान बमोजिम प्रतिभा पुरस्कारका लागि कार्यबिधी तयार पार्न ५ सदस्यीय मस्यौदा समिती समेत घोषणा गरिएको छ । संयोजक राजेन्द्र बिक्रम शाह, सदस्य हरि सन्दर्भ, प्रेम बहादुर चलाउने, शोभा अधिकारी र अमृत पुन रहेको मस्यौदा समितिले १ महिना भित्र शेर बहादुर अधिकारी प्रतिभा पुरस्कार कार्यक्रम संचालन कार्यबिधी तयार पारी सस्थालाई बुझाउने छ ।

उक्त कार्यबिधिलाई मधुरिमा कला केन्द्र जाजरकोटको बोर्ड कमिटी बैठक बाट पास गरि यसै बर्ष २०७८ बाट प्रतिभा पुरस्कार कार्यक्रम शुरु गर्ने शाहीले जानकारी दिएका छ्न । शाही आफै पनि बहुप्रतिभाशाली कलाकार हुन् । मधुरिमा कला केन्द्रले आयोजना गर्ने प्रतिभा पुरस्कारको कार्यक्रमले जाजरकोट जिल्लाको कला संगीत र साहित्यमा ठुलो उत्साह ल्याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया