कुशेका जोखिममा परेका ७० बालबालिकालाई राहत बितरण

जाजरकोट । अति जोखिममा परेका बालबालिकाको परिवारलाई कुशे गाउँपालिकामा राहत वितरण गरिएको छ । कुशे गाउँपालिका जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पहाडी क्षेत्र विकास अभियानको समन्वयमा पालिकामा संचालित अवसर परियोजना अन्तर्गत मंगलवार उनीहरुलाई राहत बितरण गरिएको बालकल्याण अधिकारी किरण राज आर.सी.ले बताए ।

गाउँपालिकाको वडा नं ६ बाहेकका अन्य सबै वडाहरुमा सम्बन्धित वडा बालअधिकार समितिले प्राथमिकीकरण गरी छनोट सिफारिसमा परेका ७० जना बालबालिकाहरुका घर परिवारलाई बालबालिकको आवश्यकतामा आधारित भई प्रति बालबालिका बाह्र हजारका दरले जम्मा ८ लाख ४० हजार रुपैयाँ बराबरको राहत बितरण गरिएको हो ।

राहतमा स्टेशनरी, स्कुल ड्रेस, चामल, दाल, नुन, तेल, साबुन, मास्क, स्वास्थ्य सरसफाई सामग्री सहित अन्य न्यानो लत्ताकपडा र आर्थिक विपन्नताको कारण आफ्नो घरमा सोलार समेत नभएको र बालबालिकाको पढाई समेत प्रभावित भएको हुँदा, उनिहरुको पढाईलाई निरन्तरता दिनका लागि ७ जना बालकबालिकाको घरपरिवारलाई सोलार सेट समेत बितरण गरेको बालकल्याण अधिकारी आर.सी. ले बताए ।

वडा नं ६ मा विशेष कारणबस उक्त कार्यक्रम नभएको र अब छिट्टै वितरण गर्ने तयारी समेत भैसकेको उनले बताए । निकै जोखिम अवस्थामा रहेका बालबालिकाहरुको जोखिम रोकथाम तथा पुनस्थापना सहयोग कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन र व्यबस्थापनगरि यस पालिकाका भित्रका बालबालिकाहरुको सर्वोत्तम हितलाई सुनिश्चित गर्ने काममा लागि परेको उनको भनाइ छ ।

बालकल्याण अधिकारी आर.सी. ले भने, ‘पालिका स्तरमा स्थापना गरिएको गाउँपालिका स्तरिय बाल उद्दार कोषको रकमबाट १८ बर्ष मुनिका बालबालिकाहरु खासगरी प्रारम्भिक बालविकास देखि माध्यामिक तहसम्म अध्ययन गर्न चाहाने, बिद्यालय छाडेका वा छाडने सम्भाबना भएका, कमजोर आर्थिक अवस्था भएका, आर्थिक रुपले विपन्न घरपरिवारमा हुर्किरहेका बालबालिकाहरु जो जोखिममा छन र बालश्रममा जाने सम्भाबना बढी भएका वा गएका छन अर्थात बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ४८ मा व्यबस्था भएबमोजिम बिशेष संक्षणको आवश्यकता भएका बालबालिकाहरुलाई संरक्षण गर्ने दायित्व संघ, प्रदेश र स्थानीय तहको समेतको भएको हुँदा त्यस्ता बालबालिकाहरुलाई लक्षित गरि राहत बितरण गरेका हौ ।

तपाईको प्रतिक्रिया