खानेकुरा खान नजान्दा प्रत्येक ५ मा एकको मृत्यु


सही खानेकुराले बालबालिकाको वृद्धिमा सहयोग गर्छ भने युवाहरुको मोटोपना हृदयरोग, टाइप–२ डायबिटिज समेत कयौँ प्रकारका क्यान्सरको खतरा पनि घट्दै जान्छ । आँकडाअनुसार अमेरिकामा २ देखि १९ वर्ष र यो भन्दा बढी उमेरका लगभग ४० प्रतिशत मानिस मोटोपनाको शिकार भएका छन् ।

जसमा टाइप–२ डायबिटिज र क्यान्सर जस्ता बिमारीको खतरा बढिरहेको छ । लानसेन्टमा प्रकाशित एक रिपोर्ट अनुसार १९९० देखि २०१७ सम्मको अवधिमा १९५ देशमा गरिएको अध्ययनले यो खुलासा गरेको हो । यसको अर्थ विश्वभरी प्रत्येक ५ मा एकको मृत्यु गलत खानपानबा उत्पन्न हुने रोगले भएको पुष्टि हुन्छ ।

यस्तो अवस्थामा सवाल उठ्न सक्छ कि सही खानपान के हो ? विज्ञान भन्छ यदि तपाईले खानामा फल र तरकारीको मात्रा मिलाउनुभयो भने र एक–एक हिस्सामा प्रोटिन र कार्बोहाइड्रेड भएको भोजन बनाउनुभयो भने यो एक आदर्श भोजन हुनजान्छ । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने आधा भोक फल र तरकारीले पुर्याउनुपर्छ ।

गलत खानपिनले विशेषगरी ३ किसिमका बिमार निम्त्याउँछ ।

हृदयरोग ः खानपानबाट अस्वस्थ भइ हृदयरोग लाग्ने सबैभन्दा ठूलो कारण खानामा सोडियम वा नुन धेरै हुनु हो । सोडियमको अधिक मात्राले ब्लड प्रेशर (हाइपरटेन्सन) बढ्न जान्छ । यसले रक्त कोषिकाहरुलाई पनि नोक्सानी पुर्याउँछ । यसबाट ह्दय रोग बढ्दै जान्छ ।

डायबिटिज ः हामीले खानेकुरा शरीरमा चिनीको रुपमा फेरिन्छ । शरीरले यसलाई उर्जाको रुपमा प्रयोग गर्छ । गुलियो खानेकुरा शरीरले तीव्ररुपमा सोस्छ । यसैले शरीरमा सुगरको स्तर तलमाथि हुनेगर्छ । चीनजन्य खानेकुराको अस्वभाविक सेवनले डायबिटिज कढ्दै जान्छ।

क्यान्सर ः मोटोपना १२ किसिमको क्यान्सरको कारण स्वस्थ शरीरलाई माइक्रोन्यूट्रियन्स अर्थात प्रोटिन, बोसो र कार्बोहाइड्रेडको सन्तुलन जरुरी मानिन्छ । विश्व क्यान्सर रिसर्च फन्ड एन्डका अनुसार अधिक बोसो र मोटोपना बढ्न जान्छ । चिप्स, बर्गर, चकलेट बिस्कुटको सेवनले मोटोपना बढ्न जान्छ । अनुसन्धानका अनुसार मोटोपनाले १२ किसिमको क्यान्सर बताउछ । यो सामग्री हामीले भास्कर डटकमबाट लिएको हौं ।

तपाईको प्रतिक्रिया