एमालेबाट फुटेको हैन, विद्रोह भएको हो : नेतृ झाँक्री


जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) कि नेतृ रामकुमारी झाँक्रीले एमाले बाट फुटेको नभई विद्रोह भएको बताएकी छन् । जाजरकोट सदरमकाम खलंगामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा झाक्रीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘विद्रोह नै क्रान्ति हो , हामीले एमालेबाट विद्रोह गरेको हो तर फुटाएको होइन ।’

अरु भन्दा भिन्न र फरक हुनका लागि हामीले व्यापक समिक्षा गरेर अगाडी बढ्नु संकल्प रहेको बताईन् । कर्णाली प्रदेशमा आफ्नो दल सहभागी भएको भन्दै सरकारमा जानका लागि मात्र आफूहरुले समाजबादको बाटो नरोजेको उनले प्रस्ट्याईन् । काम गर्ने मान्छेलाइ काम गर्ने वातावरण सिर्जना गर्ने र राज्यले पनि गरि खाने मान्छेलाई सहयोग गर्नुपर्ने समेत उनको भनाई छ ।

कुनै दुत्तावासको पैसा लिएर कुनै आयोजना विरुद्ध हामी काम नगर्ने समेत उनले बताईन् । जाजरकोट बाट काठमाडौँ तीर फर्कीएको विकास भएको हेर्ने योजना रहेको बताईन् । ४२ महिने केपीको कार्यकालमा के योजना सम्पन्न भयो । हामी नजन्मदै सुरु भएको योजनाको टुटी खोल्दैमा विकास भएको मान्न नसकिने उनको भनाई छ । नेतृ झाँक्री बोली रहेको समयमा भारी यूवाहरुको टोलीले उहाँको पक्षमा नाराबाजी समेत गरेका थिए ।

यस्तै, कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री अमर थापाले पार्टी बा मा रुपान्तरण भएपछि कम्युनिष्ट पार्टी एमाले नरहेको बताए । उनले भने, ‘केपी ओलीले संघीयता चाहिँदैन भन्दै कराउने, भ्रष्टाचारमा चुलुम्म डुव्ने, भ्रष्टाचार गर्नेलाई सम्मान दिने काम केपी ओली बाट हुने भएकोले पार्टी विभाजन हुन पुगेको हो ।’

पार्टीको चिन्ह मुख्य नभएको तर बिचार ठिक भएको हुनुपर्ने मन्त्री थापाको भनाई छ । यस्तै, एकीकृत समाजवादीका कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले जनप्रतिनीधिद्धारा लेखिएको नेपालको संविधान र जनताले लडेर ल्याएको व्यवस्थालाई हत्या गर्न खोज्ने भष्मा सुरसंगको सम्बन्ध बिच्छेद गरेको बताएका छन् ।

कम्युनिष्ट पार्टीको एकता सम्मानजनक एकता हुनुपर्ने बताउदै नेता ज्वालाले केपी शर्मा ओलीले सम्मानजनक एकतालाई लत्याएर सर्वसत्तावाद लागु गरेको बताए । केपी शर्मा ओलीले आफुलाई पार्टीको बिधान भन्दा माथि राखेर पार्टी चलाउने र आफुलाई संबिधान भन्दा माथि राखेर सत्ता चलाउने गरेको नेता ज्वालाले आरोप लगाए । ओलीसंग सामन्तवादी प्रवृती हावी रहेको बताउदै नेता ज्वालाले बडेमानको तस्वीर राखेर कार्यकर्तालाई आफ्नो जयजयकार गर्न लगाएको भनाई राखेका थिए ।

९ महिने मनमोहन अधिकारको सरकारले सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफै बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएर नेकपा (एमाले) लाई जनताको बीच स्थापित गर्न सफल भएको बताउदै नेता ज्वालाले दुई तिहाई प्राप्त केपी शर्मा ओली सरकारले अधिकारी सरकार जत्तिको काम गर्न नसकेको आरोप लगाए ।

नेपालको संविधान र ब्यबस्थाको हत्या गर्न खोज्ने र संविधान र व्यवस्थाको सुरक्षा गर्दै समृद्ध गराउन खोज्नेहरु बीचको टकरावले नेकपा (एमाले) बिभाजन हुन पुगेको बताउदै नेता ज्वालाले तत्कालिन नेकपा (एमाले) का महासचिब तथा जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवादको कार्यदिशालाई पुरा गर्न यतिवेला माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी पुनर्गठित भएको उनले बताए ।

नेकपा (एस) ले पार्टीको आगामी महाधिवेशनमा समाजवादी कार्यदिशाको नयाँ मोडेल प्रस्तुत गर्ने बताउदै नेता ज्वालाले नेपालको शासकीय स्वरुपका बारेमा पनि आफ्नो पार्टीले नयाँ धारण प्रस्तुत गर्ने बताए ।

तपाईको प्रतिक्रिया