देउता नुहाउन  गएका जुनीचादेका २५ जना बेपत्ता,एक जनाको मृत्यु

जाजरकोट :जाजरकोटको चाँदे हिमालमा देउता नुहाउन जाने क्रममा जुनीचाँदे गाउँपालिकाका – १ का २५ जना स्थानीय बासिन्दा बेपत्ता भएका छन् ।  चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको बर्षातसँगै आएको हावाहुरीमा परी उनीहरु सम्पर्क विहिन भएको नेपाली कांग्रेस जाजरकोटका उपसभापति सर्वराज रावतले बताए ।

उनीहरु गत भदौ ३० गते गाउँबाट देउता नुहाउनको लागि चौरीपाटनको नदाई डाव हिडेका थिए । तिव्र रुपमा चलेको हावाहुरी र निरन्तरको बर्षात पछि आफुहरु हिजो साँझबाट तितरवितर भएको देउता नुहाउन हिडेका गणेश रावतले जनाएका छन् ।

उनका अनुसार २५ जना मध्ये शुक्रवार अर्थात आज विहान जनीचाँदे १ का ५८ बर्षका ऐवान रावत मृत अवस्थामा फेला परेको उनले जानकारी दिएको उपसभापति सर्वराज रावतले बताए ।

२५ जना मध्ये धेरैजसो सम्पर्क विहीन अवस्थामा रहेको र सम्पर्कमा रहेका पनि वेहोस अवस्था रहेको गणेश रावतले बताए । सर्वराज रावतका अनुसार गणेश रावतले आफुलाई उद्धारको लागि पहल गरिदिन आग्रह गर्दा गदै मोवाइल पनि स्वीच अफ भएको बताए ।  चाँदे हिमाल झण्डै ५ हजार मिटर उचाईरमा रहेको अनुमान गरिएको छ । कर्णालि खबरको सहयोगमा

तपाईको प्रतिक्रिया