
सहदेव बस्नेत
खलंगा । “सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारको संरक्षण हामी सवैको जिम्म्ेवारी ” भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस समारोह २०७८ सम्पन्न गरिएको छ । भेरी नगरपालिकाकाे अायाेजना र यार्सन जाजरकोटको संयोजनमा जिल्ला समन्वय समिति जाजरकोटको सभाहलमा कोरोना महामारीले बालबालिकामा पारेको असर सम्वन्धि माध्याामिक विद्यालय स्तरीय बक्तृत्वकला र बालमैत्रि विद्यालय झल्कने आधारभुत विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सन्चालन गरि दिवस मनाइएको हो ।
भेरी नगरपालिका का नगर प्रमुख चन्द्र प्रकाश घर्तिको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बाल दिवस समारोहमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु,नागरिक समाज, पत्रकार शिक्षक तथा विद्यार्थिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटाले आजका बालबालिकानै भोलीको देस हाँक्ने व्यक्ति भएकाले बालबालिकाहरु लाई परिवार तथा राज्यले महत्वका साथ लिनु पर्ने बताउनु भयो । नगर प्रमुख चन्द्र प्रकाश घर्तिले बालबालिका नै हाम्रो भविस्य भएकाले बालबालिका प्रतिको लगानि गर्न सवै तहका सरकारको दात्त्वि भएको बताउनु भयो । बालबालिकाहरुको महत्वलाई आत्मा साथ गर्दै भेरी नगरपालिकाले बालमैत्रि नगरपालिका निर्माणको लागि आवस्यक वजेट विनियोजन गरि अभियान थालनि गरेको बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश मल्लले सवै सरोकारवालाहरुले बालबालिकाहरुको उचित पठन पाठन र ज्ञान अभिवृद्धिको लागि आआफ्नो क्षेत्रवाट पहल गर्न आवस्यक रहेको धारणा राख्नु भएको थियो ।
भेरी नगरपालिकाका कार्यपालिका सदस्य मनकला नेपाली नेपालीले सवै बालबालिकाहरुको उज्वल भविस्यको कामना गर्नु भएको थियो । नेपाल पत्रकार महासँघ का अध्यक्ष बाल कुमार शर्माले आफ्नो बाल्यकालको अनुभुतिहरु राख्दै बाल प्रतिभाहरुको संरक्षण मा राज्यले प्रभावकारी भुमिका निभाउनु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्नु हुदै यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले आजको दिन बालबालिका हरुका लागि उत्सवको दीन भएकाले बालबालिका माझ कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । बालबालिकाहरुको संरषण र प्रवद्र्धनमा सवै तहका सरकारहरुले बालबालिका प्रतिको लगानि बढाउनु पर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रम भेरी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालय,बहुआयमिक विकास तथा अध्ययन मञ्च,अष्ट्रेलियन एड,कारितास अष्ट्रेलिया,को आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम ल्ीच्ए( ऋथ्भ्ए को आर्थिक सहयोग रहेको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोट र भेरी युवा मञ्च जाजरकोटको व्यवस्थापनमा सम्पन्न भएको हो । भने कार्यक्रमको संचालन भेरी नगरपालिका महिला तथा बालबालिका साखाका शारदा शर्माले गर्नु भएको थियो ।
चित्रकला प्रतियोगितामा ७ वटा विद्यालय वाट गरि २० जनाको सहभातिा रहेको थियो भने बक्तृत्व प्रतियोगितामा शिव माध्यामिक विद्यालय कालेगाउँ र त्रिभुवन माध्यमिक विद्यालय थाप्लेका गरि ७ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।
बक्तृत्व कार्यक्रम मा सहभागिहरुले कोरोना महामारीका कारण आफुहरुको पठनपाठन लाई गम्भीर असर पारेकाले आफ्नो भविस्य प्रति चिन्ता लागेको ,सरकारले अनलाइन कक्षाको व्यवस्था गरेता पनि त्यो धनि र शहरका बालबालिकाहरुको लागि मात्र भएको भनाई राखेका थिए ।
८ जना प्रतियोगिहरुले भाग लिएको वक्तृत्व प्रतियोगितामा त्रिभुवन मा.वि किा एलीना विक प्रथम, भोजराज चलाउने द्धिर्तीय र बिनु विक ले तिर्तिय र सान्त्वनामा विष्णु माया विक र शर्मिला विकले स्थान हाँसील गर्नु भएको थियो । प्रतियोगितामा स्थान प्राप्त तथा अन्य सहभागिहरुलाई नगद प्रमाण–पत्र र कापी कलम पुरुस्कार स्वरुप प्रदान गरिएको थियो ।

त्यसै गरि चित्र कला प्रतियोगिता तर्फ त्रिभुवन मा.विकिा हिप्सना विक प्रथम, भुपेन्द्र घर्तिमगर द्धिर्तीय र रीनेश विक ले तिर्तिय र सान्त्वनामा एस्तर शाही र सन्देस पुन मगर ले स्थान हाँसील गर्नु भएको थियो । प्रतियोगितामा स्थान प्राप्त तथा अन्य सहभागिहरुलाई नगद प्रमाण–पत्र र कापी कलम पुरुस्कार स्वरुप प्रदान गरिएको थियो ।
















































। ३० भाद्र २०७८, बुधबार