राजनीति कि लाजनीति ?


पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा लोकतन्त्रकै खोल ओढी लोकतन्त्रकै घाँटी रेट्ने कार्य गरेर देशलाई नै गम्भीर संकटमा पारी पनि राजनीतिक दलका नेताहरूमा कति पनि लज्जबोध नहुनु अत्यन्तै खेदजनकको विषय हो । आफ्ना ब्यक्तिगत स्वार्थ, अहंकार र कुर्सीको मोह, नेताहरुको तल्लो स्तरको भनाभन, गाली गलौज र खिचातानी गर्नले एकातिर लोकतन्त्रकै मजाक उडेको छ भने अर्कोतिर लोकतन्त्र बिश्वासी आम नेपाली जनताको मनमा चोट पुगेको छ । यस्ता कार्यहरूले बिश्वमा नै नेपाल र नेपालीको स्वाभिमानको शिर निहुरिएको छ भने नेपाली राजनीति अपरिपक्व भएको कुरा पनि ह्वाङ्ङ पारेको छ । नेपालको राजनीति गैर शैक्षिक र अराजनीतिक गतिविधि तर्फ उन्मुख हुँदै गएको छ ।

अझ हामी सबै लोकतन्त्रमै छौ भन्दै ठुल्ठुला मुठी नपर्ने भाषण ठोक्छ्न् यता भने आफ्ना स्वतन्त्र किसिमका अभिव्यक्ति पनि राख्न नपाइने, नकारात्मक कार्य प्रती बिरोध पनि गर्न नपाइने भन्दै विज्ञप्ति गर्छन् बा ! विज्ञप्ति पनि अलि राम्रोसँग होस् पु¥याएर लेख्नुहोस् महोदय, तपाईंको घरको विज्ञप्ति होइन सम्पुर्ण नेपालीको जनहित हुने खालको लेख्नुहोस् नत्र नेपाली युवाहरुले तपाईंका विज्ञप्ति लेख्ने हात काट्लान् बिचार गर्नुहोस् ।

हामिलाई दास भन्दा निम्न स्तरको व्यबहार गरिन्छ, बजारमा गएर भेडा, बाख्रा किने जसरी किनिन्छ, चुनावको बेला मासु, भात, पैसा दिएर भोट हाल्न लगाइन्छ । भोट हालेको भोलिपल्ट पिठ्युँमा झोला भिडेर बिदेश धाउनुपर्छ । साच्चिकै कसले सहि नै भनेको जस्तो लाग्छ) ’नेपाली जनता भेडा हुन् ।’ अब नेपाली जनता भेडा हुनेकी या मानव नै हुने ? आउनुहोस्, जाग्नुहोस् ठाउँ ठाउँ बाट परिवर्तनका लहरहरु लिएर, अन्याय, अत्याचार, भ्रष्टाचार एवं बिकृती, बिसङ्गती विरुद्ध बुलन्द आवाज निकाल्नुहोस् ।

देश यतिसम्म खोक्रिसकेको छ कि ? यी भ्रष्टहरुले आफ्नै बाउको होला जसरी रजाइँ गरिरहेका छन् । एकातिरबाट मान्छेको लामो लर्को बिदेशतिर हुइकिन्छ, अर्कोतिरबाट लासहरु आउछन् त्यहीँ लासहरु बाट उठेको रेमिट्यान्सले सिंहदरबार, बालुवाटार र सितलनिवासका शासकहरुले आफ्ना ब्यक्तिगत स्वार्थ पूरा गर्छन्, करोडौं करोडका गाडी फेर्छन्, एकै बर्षमा भिआइपिका लागि भन्दै १४ करोड १७ लाख १७ हजारको कार्पेट बिछ्याउछन् । त्यति पैसा खर्चिनु भन्दा आज कोरोना लगाएतका प्राकृतिक बिपत्तिमा रहेका नेपालीहरुलाई केही रकम दिदा राहत त मिल्थ्यो होला नि ?
थुक्क देशका ढुकुटी लुटेराहरु, अब तिमिहरुका पनि दिन आउँदैछन् जसरी अफगानिस्तानमा तालिवानहरुले गरे त्यसरी नै अब नेपाली युवाहरूले तिमी भ्रष्टहरुलाई अवकाश गर्ने छौ ।

हाल एकदमै चर्चामा रहेको विषय एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) यो देशका लागि एकदमै राष्ट्रघाती, जनहित बिपरित रहेको छ । सरकारले हाम्रो देशलाई नै अर्काको अधिनमा सुम्पिन खोज्दैछ अर्थात् एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्न खोज्दैछ, यो अत्यन्तै खेदजनक रहेको छ । हामी चाहे सत्ता पक्ष होस् या चाहे अन्य कुनै स्वतन्त्र हामी सबैले यस्तो देशलाई नै बेच्ने खालको राष्ट्रघाती छ । यस विरुद्ध हामी सबै एकाकार भएर राष्ट्रघाती सम्झौता एमसीसीलाई खारेज गरौं ।
राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध आवाज उठाउने ब्यक्तिहरुलाई सरकारले दिनानुदिन पक्राउ गरिरहेको छ । यो एकदमै निन्दनीय कार्य हो । सबैलाई शिघ्र रुपमा रिहाई गरियोस् नत्र नेपाली युवा विष्फोट हुन नपरोस् सरकार !

ए पुलिस साथीहरू ! तिमिहरु यी दलाल, भ्रष्टहरुको पछि लागेर एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको समर्थन किन गरिरहेका छौ हँ ? जब अमेरिकी सेनाहरुले तिम्रा छातिमा बुट बजार्ने छन् तब मात्र सचेत हुने कि समयमै यी भ्रष्टहरुको पछि नलागेर कर्तव्यनिष्ठ ढंगले अन्याय, अत्याचार एवम् भ्रष्टाचार विरुद्ध अडिग भएर खडा हुने हो ? यी बिदेशी दलाल, सुकिला मुकिलाहरुलाई साथ दिनुभन्दा नेपाली जनतालाई साथ देउ यसैमा सबैको भलो हुनेछ ।

अन्तिममा, नेपाली जनताको रगत पसिनाबाट उठाएको कर, भारतका गल्लिहरुमा जीवन धान्नेहरुले उठाएको करबाट मोज गर्नेहरुलाई आउनुहोस् हामी सबै मिलेर तिनीहरुको कठालो समातेर, घोक्रेठ्याक लगाएर सात पुस्ता बाँकी नरहने गरि लखेटौँ ।

– सन्तोष नेपाली ‘अभिलाषी’
कर्णाली प्रदेश, जाजरकोट

तपाईको प्रतिक्रिया