कुशेमा ६ हजार ४ सय बालबालिकालाई शैक्षिक सामाग्री


खलंगा । कुशे गाउँपालिकामा ६ हजार ४ सय ४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको छ । बाल विकास केन्द्र देखि कक्षा–५ सम्म अध्ययनरत ६ हजार ४ सय ४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कुशे गाउँपालिकाको पहलमा पहाडी क्षेत्र विकास अभियान र सेभ द चिल्ड्रेनको साझेदारीमा कुशे गाउँपालिकामा संचालित सहयात्रा र अबसर परियोजनाले बाल विकास केन्द्रदेखि कक्षा–५ सम्म अध्ययनरत ६ हजार ४ सय ४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको कुशे गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जनक बहादुर शाहले जानकारी दिए ।

विश्व व्यापी कोभिड–१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा सहजता पैदा गर्न गरिएको बन्दाबन्दीबाट पढाई प्रभावित बालबालिकाहरुको लागि वितरण गरिएको स्वः अध्ययन शैक्षिक सामाग्रीले शिक्षण सिकाईमा टेवा पुर्याउने शाखा प्रमुख शाहले विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया