दिदीबहिनीको यथार्थ जिन्दगी


एउटी सासू लाई नाति चाहिन्छ । एउटा पतिलाई बच्चा चाहिन्छ । अनि एउटी नारी गर्भवती हुन्छे । सबै खुशी हुन्छन् । त्यसपछि दिनहरु बित्दै जान्छन् । समय संगै खुशीको रुप फेरिन्छन् । हिजो बुहारीले नाति पाउने खुशीमा उज्यालो भएको सासुको अनुहार अधेंरो यस कारण हुन्छ कि घरको काम बुहारीले कम गर्न थाली । यो आधुनिक जमाना मा हुन्छ ।

सबथोक हामी घाँसको भारी बोक्दा बोक्दै जन्मिएका बच्चा हुन् । नन्दको अनुहार अधेरो हुन्छ । हिजो पधेरो बाट भाउजूले बोक्ने गाग्री उसको नाउमा सर्यो । पतिको अनुहार अधेरो हुन्छ । हिजोको दिनमा सधै उज्यालो श्रीमती आजकाल हर बखत थाके जस्तो देखिन्छे । स– सानो कुरामा दिक्क मान्न थालेकी छे । उसको पहिला जस्तो वास्ता गर्न सकेकी छैन् । हिजोको दिन उसको हात शिरानी लगाएर सुत्ने बुढी आज कहिले कता कहिले कता फर्किन थालेकी छे ।आजकाल पहिला जस्तो रमाइलो कुरा गर्न खोज्दा झर्को मान्न थाले कि छे ।

जति बेला पायो उति बेला घिन लाग्ने गरि बान्ता गर्न थालेकी छे । आखिर किन परिवर्तन भै बुझ्न सकेको छैन् । सबै थोक त ल्याई दिएकै छु । खान मन लागेको कुरा किनिदिएकै छु । घरमा नि सबैले ध्यान दिएकै छन् । वास्ता नि गरेकै छु । फेरि किन यस्तो ? के एक पटक कसैले सोचेको हुन्छ ? यति बेला सहानुभुती भन्दा पनि बुझ्ने मान्छे को आवश्यकता हुन्छ भनेर । रातभर सुत्न न सकेर यता उता कोल्टे फेर्दै उसले बिताएको रात कसले देखेको छ । शिवाय ः बिहान ढिलो उठेको बाहेक ?

शरीर भित्र परिवर्तन भै रहेका हर्मोन र संगैको माहोल कस्ले बुझेको छ ? उसले गरेको वान्ता बाहेक । खाना खान मन न लागेर पनि जवरजस्ती बच्चाको लागि खाएको कस्ले देखेको छ । उसले मुख बिगारेको बाहेक । नौं महिना तड्पेर , अनिदो रात बिताएर कहिले एक्लै रोएर कहिले हाँसेर कति पटक त्यो बच्चाले पेट भित्र बङ बङ्ती हानेको लाती सहेर ।

मन लागेको कुरा नखाएर शरीर भरी पीडा हुदाँ औषधी बिना नै त्यो पीडा सहेर अन्त्य मा मृत्यु संग कयौ घन्टा लडेर त्यो नारीले बच्चालाई जन्म दिन्छे । नर्सले सफा गर्छे र आमाको सामु नि न लागि बाहिर आएर सोध्छे फलानो कस्को बच्चा हो ? अनि बाबू अगाडि आउँछ र भन्छ मेरो । कति सजिलो हुन्छ एउटा पुरुषलाई बाबू बन्न अनि कति गाह्रो हुन्छ नारीलाई आमा बन्न ।

कृष्ण बिश्वकर्मा
जाजरकोट

 

तपाईको प्रतिक्रिया