सफलताको कथा : पचास हजार ऋणले बनायो बार्षिक पन्ध्र लाख कमाउने

                                 पसलमा काम गर्दे पुष्पा नेपाली तस्विर  ः कालीबहादुर नेपाली

जाजरकोट । गाउँ समाजमा अहिले पनि भन्ने गरिन्छ, ‘रुपले रुवाउँछ, सीपले खुवाउँछ’ रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ कोटजहारीकी पुष्पा नेपालीको जीवनमा अहिले यो वाक्य यर्थात भएको छ ।

वि.स. २०७१ सालमा श्रीमान विकास नेपाली र पुष्पाले व्यवसायिक रुपमा जुता पसल जाजरकोटमा सञ्चालन गरे । रुकुम पश्चिम बाट जाजरकोट आएर व्यवसायी गर्न त्यति सजिलो पनि थिएन् । पुष्पाका श्रीमान् विकासले जुत्ता सिलाउने, नयाँ बनाउने र छालाका जुताहरु एक साथ निर्माण गर्न थाले । उनले जुत्ता निर्माण गर्ने पुष्पाले जुता सिलाउने काम गरिन् ।

समान्य गरीव परिवारका विकास र पुष्पाले व्यवसायि गर्न त थाले तर आर्थिक अभावले व्यवसायिक योजना नै खतम हुने संकेत देखियो । पुष्पाले भनिन्, ‘हामीले व्यवसायिक जुत्ता पसल सञ्चालन गर्न थाल्यौं, शुरुमा आफ्नै लगानीमा गर्न थालेका थियौं, आफु संग भएको पैसा सकियो ।’

‘घरभाडा तिर्दै, समान खरिदमा आफ्नो लगानी सकियो, त्यसपछि हामीलाई लागेको थियो व्यवसायी छोडौं’ उनले थपिन्, ‘केही नजिकैका साथीहरुले एउटा समुह निर्माण गरी सहकारी बाट ऋण लिने योजना बन्यो ।’ साथीहरुको सल्लाह लिदैं पुष्पा र विकास पनि समुहमा बसे ।

त्यसपछि निर्धन लद्युवित्त सहकारी बाट उनीहरुले व्यवसायिक योजना निर्माण गरी रु. ५० हजार रुपैयाँ ऋण लिए । ऋण लिएपछि लद्युवित्तको व्याज तिर्न निकै समस्या हुने भन्ने सुनेपछि उनीहरुले रातदिन कडा मिहिनेत गरी काम गरे । पुष्पाले भनिन्, ‘हामीले ऋण लिएपछि झनै काम गर्ने जोस् आयो, ऋण तिर्नुपर्छ व्याज बढ्छ, लद्युवित्तको व्याज समयमै ति¥यौं ।’

कतिपयले ऋण लिएपछि समयमै तिर्ने नसक्दा धेरै डुवेका छन्, हामीले कवुल अनुसार ऋण तिर्दै गयौं ।’ ५० हजार ऋण थपेपछि घुम्तीमा भएको व्यवसायी सर्टरमा लिएर व्यवसायी सुरु ग¥यौं, ‘समयमै पैसा तिर्न थालेपछि लद्युवित्तले पनि विकास र पुष्पाको जोडीलाई अभाव भएको वेला ऋण दियो ।’

पचास हजार ऋणले केही व्यवसाय विस्तार गरेका उनीहरुले फेरी समुह मार्फत सहकारी बाट १ लाख ऋण लिएर व्यवसाय गर्न थाले । दिन रात कडा मिहिनेत गरी काम गर्ने उनीहरुको जोडीलाई सहकारीको ऋण तिर्न समस्या भएन् ।

झनै व्यवसाय फस्टाउँदै गयो । त्यसपछि पनि २ लाख सम्म सहकारी बाट ऋण लिएर व्यवसायिक जुत्ता पसल गरिरहेका उनीहरुको जीवनमा खुशीका रंगहरु पोतिन् थालेका छन् । नयाँ ठाउँमा व्यवसाय सञ्चालन गर्दा निकै समस्या हुने भएपनि पुष्पा र विकासको जोडीलाई भने परिश्रमले दुःख दिएन् । उनीहरुको व्यवसायिक योजना फस्टाउँदै गयो । अहिले छोराछोरीलाई पढाउन, घरभाडा तिर्न, पसलको भाडा तिर्न कुनै समस्या नभएको पुष्पाको भनाई छ । कक्षा ९ मा पढ्दा पढ्दै विवाह बन्धनमा बाँधिएकी पुष्पाले छोराछोरीलाई राम्रो शिक्षा दिने बताईन् ।

उनले भनिन्, ‘अहिले हामी सिर्जनको वेला दशै तिहारको वेला मात्र ५ लाख भन्दा बढी कमाउँछौ, पछिल्लो समय कोरोनाले भने जस्तो कमाई गर्न सकिएन्, अव विद्यालय खुले विद्यालयका जुत्ताहरु बनाएपछि केही कमाई हुन्छकी ?’ ‘कोरोना नभएको वेला हामी बार्षिक १५ लाख भन्दा बढी कमाउँथ्यौं । अहिले कोरोना प्रभावले व्यवसाय ठप्प भएको छ अव केही हुन्छकी’ पुष्पाले भनिन् । अहिले जाजरकोट खलंगाको ठाँटीबजारमा जुत्ता पसल ठुला बनाएर विकास र पुष्पाले व्यवसाय गरिरहेका छन् ।

नेपालमा केही हुदैन् भन्दै वैदेशिक रोजगारीमा जाने यूवा वर्गका लागि उनीहरुको जोडी उदाहरण बनेको छ । केही गर्ने सोच बोकेपछि नेपालमनै केही गर्न सकिन्छ भन्ने उदाहरण मात्र होइनन् नमुना समेत हुन् पुष्पा र विकास । व्यवसाय सानो र ठुलो हुदैन् । गर्न जान्ने हो भने दाम नाम र कमाई तीनै एकदम हुने निश्चित छ । महिला उद्यमीमा एकदमै राम्रो काम र प्रगति गरेको भनेर निर्धन लद्युवित्त सहकारीले कर्णाली प्रदेश स्तरीय कार्यक्रममा पुष्पालाई नगर ३० सहित सम्मान गरेको छ । सम्मान पाउँदा आफु निकै खुशी भएको पुष्पाले बताईन् । केही नगर्नेका लागि गरेपछि केही पाईन्छ भन्ने उदाहरण बनेको यो जोडीलाई सबैले सम्मान गर्न जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया