
कालीप्रसाद थापा
बारेकोट । नेपाली काँग्रेस बारेकोटमा सभापति सहित अन्य पदाधिकारीहरु सर्वसहमत चयन भएका छन् । काँग्रेसको केन्द्रिय सर्कुलर अनुसार गाउँ अधिवेशन भाद्र २७ गते तोकेपनि क्रियाशिल सदस्यहरुको सहमति अनुसार सबै पदाधिकारी सर्वसहमत चयन गरिएको काँग्रेस बारेकोटले जनाएको छ ।

सभापतिमा रामचन्द्र ज्योति, उप सभापतिमा सुदामप्रसाद गौतम, चित्रबहादुर सिंह, सचिवमा कालीबहादुर घर्ती,खीमबहादुर विक, सह– सचिव विष्णुबहादुर बोहरा, महेन्द्र बहादुर सिंह, कोषाध्यक्ष गोरखबहादुर थापा चयन भएका छन् ।
यस्तै, अपांग क्षेत्रीय प्रतिनिधीमा जयराज गिरी चयन भएका छन् । ४७ जना पदाधिकारी सर्वसहमत चयन भएका छन् । अन्य सदस्यहरु मनोनित गर्न वाँकी रहेको छ ।
















































। २३ भाद्र २०७८, बुधबार