राष्ट्रिय यूवा संघ नेपाल जाजरकोटको जिम्मेवारी वाँडफाँड, कस्को जिम्मेवारी कहाँ ? ( निर्णय सहित )

No description available.

खलंगा । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल जाजरकोटले जिल्लाका सात वटै पालिकामा जिम्मेवारी वाँडफाँड गरेको छ ।

संघको बुधबार संयोजक जयबहादुर बस्नेतको अध्यक्षतामा बसेको वैठकले सात वटै पालिकामा जिम्मेवारी तोकिएको हो । जसअन्तर्गत भेरी नगरपालिकामा लोकेन्द्र रोकाय उत्प्रेरक, हेमान्त हमाल संयोजक र लोकराज शाहीलाई सह संयोजकको जिम्मेवारी तोकिएको छ ।

नलगाड नगरपालिकामा मधुमिता शाक्य उत्प्रेरक, देवेन्द्र पुन संयोजक, दिपेन्द्र चनारा सह संयोजक रहेका छन् ।
बारेकोट गाउँपालिकामा कर्णबहादुर शाही उत्प्रेरक, विनोद राज सिंह संयोजक, टिकाराम सिंह सह संयोजक,दिपेन्द्र गौतमलाई सह संयोजकको जिम्मेवारी दिइएको छ ।

No description available.

कुशे गाउँपालिकामा क्षेत्र प्रताप शाही उत्प्रेरक, अशोक सिंह सह उत्प्रेरक, भिमराज शाही संयोजक, खम्बबहादुर सिंह सह संयोजक, महेश रावत सह संयोजक तोकिएको छ । जुनीचाँदे गाउँपालिकामा महेन्द्र शर्मा उत्प्रेरक, गोपाल शाह संयोजक, प्रकाश शाही सह संयोजक, प्रेमबहादुर खड्का सह संयोजक जिम्मेवारी दिईएको छ ।

छेडागाड नगरपालिकामा दुगेश थापा उत्प्रेरक, नारायण आचार्य संयोजक, गणेश बस्नेत सह संयोजक, रचना न्यापानेलाई सह संयोजक दिइएको छ । यस्तै, शिवालय गाउँपालिकामा महेश कुमार थापा उत्प्रेरक, जगत थापा संयोजक, ललित विसी सह संयोजक, भिम रानालाई सह संयोजकको जिम्मेवारी दिईएको जिल्ला संयोजक जयबहादुर बस्नेतले बताए ।

यस्तै, वैठकले असोज ५ गते भित्र सबै पालिकाका वडा कमिटीहरु निर्माण गर्ने भएको छ । असोज ९ गते सबै पदाधिकारीहरु बसेर जिल्ला भेलाको आयोजना गर्ने निर्णय भएको छ ।

असोज १६ गते जाजरकोटको जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरिएको संयोजक बस्नेतले बताए । जिल्लाका यूवाहरुको माग पुरा गर्न जस्तोसुकै आन्दोलन गर्न तयार रहेको समेत बस्नेतले बताए । वैठकमा यूवा संघका स्थायी कमिटी सदस्य विश्वविक्रम शाहको पनि उपस्थिती रहेको थियो ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया