नेकपा एमालको बारेकोटमा जनजागरण अभियान ,बाजागाजा सहित स्थानीयकाे स्नेह (फोटो फिचर)

No description available.
बारेकोट । नेकपा एमाले ले यति वेला बारेकोटमा जनजागरण अभियान चलाईरहेको छ । जनताको घरदैलोमा पुगि जनताका समस्या पहिचान गर्ने र आफ्ना पार्टीका कार्यकर्तालाई पार्टीको सिद्धान्त र मार्ग निर्देशन दिईरहेको छ ।

नेकपा एमालेका नेता डम्बरबहादुर सिंह, किसान महासंघ जाजरकोटका अध्यक्ष प्रेमबहादुर सिंह, प्रेस चौतारी नेपालका नेता वीरबहादुर गिरी यति वेला बारेकोटी जनताको घरदैलोमा निकै व्यस्त छन् ।

पार्टीको जनजागरण अभियान लिएर गएका नेताहरुलाई स्थानीय बासिन्दाहरुले वाजागाजा सहित स्वागत गर्छन् । बारेकोट गाउँपालिका वडा नं ८, ९, ७ र ६ मा जनजागरण अभियान सकिएको छ ।

अन्य वडामा जनजागरण अभियानको दौडधुपमा नेताहरु लागिरहेका छन् । नेताहरु गाउँगाउँमा गएको वेला कतिपय स्थानीयलाई चुनाव आएको आभास हुन्छ । गएको स्थानीय तहको चुनावमा थोरै मतान्तरणले हारेको एमाले आउँदो चुनावमा भने वाजी मार्ने दौडान्मा छ ।

नेकपा एमाले विभाजन भएपछि बारेकोटमा विभाजन हुन नदिने गरि नेताहरु लागि परेका छन् । एमाले बारेकोटका नेताहरु एमाले विभाजन भन्दा पनि बारेकोटमा सत्ता कसरी हात पार्न सकिन्छ भन्ने तिर लागि रहेका छन् ।

नेकपा एमालेको बारेकोटमा राम्रो संम्भावना देखिए पनि पछिल्लो समय एमाले विभाजन भएपछि सत्तामा जान अलि कठिन हुने कतिपय जानकारहरु बताउँछन् । गएको चुनावमा नेकपा एमालले २ वटा वडा जितेको छ ।

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया