खलिया प्रथा  : ‘न कमाई हुन्छ, न  जीवन फेरिन्छ’

                                                            सांकेतिक तस्विर

खलंगा । जाजरकोटका विभिन्न गा्रमीण क्षेत्रमा अहिले पनि खलो प्रथा कायमै छ । दिनभरी काम गरेर पनि सन्तोषजनक परिश्रमकोे फल नपाइने भनेकैँ खलो प्रथा हो । यसले गर्दा आम नागरिकमा पेशाप्रति कम विश्वास हुन्छ । विशेष गरी दलित समुदाय यसको मारमा पर्ने गरेका छन् । यो उदाहरणले प्रस्ट पार्ने गर्छ जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. २ का कलिमध्ये परियारले परम्परागत खलो व्यवसायमा सिलाई गदै २० बर्ष पार गरे ।

उनीसंगैका साथीहरुले केही संस्थाहरु बाट सिलाई कटाई सम्बन्धी तालिम लिएर कहिले व्यवसाय बाट मनग्य आम्दानी गदै आएका छन् । उनी भने अहिले पनि दिनभरी स्थानीय भाषामा विष्ट भनिने साहुका कपडा सिलाई गदै खलोमा नै चित्त बुझाइ रहेका छन् ।

नत उनले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिएका छन् नत घरपरिबार नैँ चलाउन सजिलो भएको छ । उनीजस्तै नलगाड नगरपालिका वडा नं ५ का नरबहादुर कामीले ३० बर्ष सम्म खलो व्यवसायमा काम गदै जीवन विताए । तर पनि जमाना फेरीयो तर उनको जीवन फेरिएन । स्थानीय मान्छेहरुले पनि दलित समुदायले गर्ने काम हो भन्दै यो पेशालाई आत्मसाथ गर्न सकिरहेका छैनन् । यसले गर्दा यो पेशा लोप हुने अवस्थामा पुगेको छ ।

यसले गर्दा सरकारले प्रत्येक नागरिकलाई रोजगारको व्यवस्था गर्ने भने पनि यो पेशा संकटम परेपछि धेरै नागरिक बरोजगारी बस्नुपर्ने बाध्यता रहेको छ । परम्परागत चलेको खलो प्रथालाई आत्मसाथ गर्दा नत यसले मानिसको जीवनस्तर उकास्न सफल भएको छ नत मान सम्मान नै पाएको छ ।

प्रत्येक स्थानीय सरकारले खलो प्रथा संग सम्बन्धीत सबैलाई सीपको व्यवस्था गरेर उनीहरुलाई व्यवसाय तर्फ उकास्न सके देशमा भएको बेरोजगारीलाई कम गर्न सकिन्थ्यो कि ? बिशेत त जाजरकोट जस्तो अति विकटको विम्ब मानिने जिल्लामा सबैले बिशेष प्रकारको सीपको व्यवस्था गरेमा जाजरकोट बाट बिदेशीने यूवाको संख्यामा कम हुने बलियो सम्भावना देखिन्छ ।

अझै पनि गाउँघरमा खलियो प्रथामा आबद्ध भएका पेशा भनेर चिनिने सिलाईकटाई र आरन व्यवसायलाई सरकारले बिशेष जोड दिएर काम गर्दा केही युवा साथीहरुले देशमा नैँ रोजगारी पाउने थिए र दिनदिनै बिदेशी ने यूवाको संख्या पनि कम नहोला भन्न सकिन्न ?

अबका दिनमा जाजरकोटका प्रत्येक स्थानीय सरकारले खलिया व्यवसाय गदै आएका समुदाय र मान्छेहरुलाई यो पेशा बाट हटाउनका लागी बिशेष कार्ययोजना बनाउँदा यो पेशालाई मर्यादित बनाउन सकिन्छ की ? खलो व्यवसाय बाट कसैको पनि जीवनस्तर माथी उठाउन पनि निकै कठिन परिरहेको छ ।

अझ त बालबालिकालाई शिक्षा दिन पनि मुस्किल परेको छ । समाज परिबर्तन गर्नका यो पेशामा आवद्ध आम जनसमुदायलाई माथी उकास्दा राज्यमा रोजगारीको सिर्जना हुन्छ ।

यसले गर्दा यो पेशा दलित समुदायले मात्र नभई सबैले गर्दा सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई अगाडि बढाउन सकिन्छ । यसले गर्दा सरकारले खलो व्यवसायलाई अन्त्य गरी यसलाई व्यवसायमा ढाल्नु आवश्यक छ ।

तपाईको प्रतिक्रिया