काँग्रेस महाधिवेशन : जाजरकोेटमा कोको छन्, सभापतिका दावेदार,कसले मार्ला बाजी ?

बासुदेव शर्मा

जाजरकोटमा नेपाली काग्रेंसको १४ औ महाधिबेशनबाट को बन्ला पार्टी सभापती ?
नेपाली कांग्रेसको १४ औं महाधिबेशन नजिकिए संगै जिल्लामा अधिबेशनको चहलपहल बढ्न थालेको छ । गाँउ देखि केन्द्र सम्म अधिबेशनको माहोल बढे संगै जाजरकोटमा जिल्ला सभापति पदमा आधा दर्जन नेता कार्यकर्ताले नेतृत्वमा आकांक्षी देखिएका छन् । महाधिबेशन नजिकिदंै जाँदा जिल्ला स्तरका नेता कार्यकर्ता गाँउ दौडाहाको अभियान शुरु गरेका छन् । स्थानिय तहमा जुझारु सक्षम जनशिक्त निर्माण गर्ने अठोट गर्दै सात जना नेता कार्यकर्ताले सभापति पदमा विभिन्न माध्यमबाट दावी प्रस्तुत गरेका हुन् ।

सभापतिको दाबी गर्ने जिल्ला स्तरका नेताहरुमा सनत कुमार कार्की, सर्पराज रावत, युवा नेता मुक्ति प्रसाद आचार्य, बेदराज सिह, महेन्द्र बहादुर शाह, खडक बिसी,इलम बहादुर शाहीले सभापतिमा आकाक्षी देखिएका हुन् ।
सभापती दाबी गरेका सात जना नेता कार्यकर्ता जाजरकोट कांग्रेसको भविष्य बोकेका गाँउ तह देखि केन्द्र सम्म राम्रो पकड बनाएका कांग्रेसका क्रियाशिल सिपाही मानिन्छन् ।

नेपाली कांग्रेस जाजरकोटका पुर्व पार्टी सभापति सनत कुमार कार्की पुरानो कार्यकर्ता पार्टी चलाएको क्षमता भएकोले र पहिले पनि पार्टी सभापति एक पटक चलाइसकेको अनुभव भएकोले यस पटक सभापतिमा आफु आउने ईच्छा प्रकट गरेका छन् । गत स्थानिय चुनावमा भेरी नगरपालिकाको मेयरमा चुनाव लड्ेर पराजित भएका कार्की शिक्षक पद राजिनामा गरेर सक्रिया राजनितिमा लागेका हुन् ।

केन्द्रिय कार्यलयको सचिव भएर कांग्रेसको राजनितिलाई नजिकबाट बुझ्ने अवसर पाएका युवा नेताको रुपमा आचार्य आफुलाई उभ्याउन सफल भएका छन् । राजनिती गरेकै कारण जनताको सेवा गर्दै गर्दा सक्रिय राजनितिमा लागेकै कारण बुवा लक्ष्मीप्रसाद आचार्यलाई उमेरमै गुमाएका मुक्ती वलियो उमेदवारका रुपमा आएका छन् । विगत देखि नेतृत्वमा पुग्ने ईच्छा शक्ति देखाएका सहिद पुत्र मुक्ति प्रसाद आचार्यले पुर्व सहमति अनुसार जिल्लाका साथीहरुले आफुलाई सभापतिमा सहयोग आग्रह गरेका छन् ।

राजनैतिक क्षेत्रबाट अगाडी बढेकोले अवसर दिए नेता कार्यकर्ताहरुको सहयोगमा बलियो र एक ढिक्का कांग्रेस निर्माण गर्ने उनको भनाई छ । १३ आंै महाधिबेशनमा बर्तमान सभापति दिपक जंग शाह संग सभापतिमा ६ मतले पराजित भएका गत निर्वाचनमा जाजरकोट ‘क’ बाट प्रदेश सभाको अवसर पाएका मिठो बोली प्रखर बक्ता जनता संग परिचित युवा नेता बेदराज सिह अबसर पाए बलियो कांग्रेस बनाउने धारण राख्दै आएका छन् ।

बर्तमान जिल्ला कमिटिका सचिव खडक बिसीले आफुले पार्टी चलाएको अनुभव भएकोले सभापतिको पदमा दाबी गरेको बताएका छन् । बिद्यार्थीको राजनितिबाट बारेकोट गाउँपालिकाको अध्यक्ष आफ्नो पोल्टामा पार्न सफल युवा नेता महेन्द्र बहादुर शाहले सभापतिको लागि बलियो उम्मेदवार भएको यस अघि नै सामाजिक संजलामा घोषणा गरि सकेका छन् ।

यस्तै, जिल्ला कमिटीको उपसभापति भएर बर्तमान कार्य समितिमा काम गर्दै आएका सर्पराज रावतले सभापतिमा दावी गरेका छन् । त्यस्तै विद्यार्थी राजनिती गर्दै शिक्षक संघको महत्वपुर्ण जिम्मेवारी सम्हाल्दै आएका भएका शिक्षक नेता इलम बहादुर शाहीले सभापतिको लागि चासो देखाएको तर खुलेरै व्यक्त गरि नसकेको उनका नजिकका कार्यक्रताले बताए ।
सक्षम नेतृत्व निर्माणको जिम्मेवारी युवाको काँधमा आएको भन्दै अधिकांश युवा पुस्ता सभापति पदमा आउने ईच्छाका साथ गाउँ दौडाहा सुरु गरेका छन् ।

आ –आफ्नो गुटबाट नेतृत्वमा जाने अरु पार्टीबाट भएको चलनमा काग्रेस पनि क्रमभंग गर्ने सोचमा देख्न नसकिएको जानकार हरुको बताउँछन् । विभिन्न कोण पक्षबाट आ –आफनो दावी प्रस्तुत गरेका नेता कार्यकर्ताहरुले स्थानिय स्तरका कार्यकर्ताहरु संगको भेटघाटलाई बाक्लो बनाउदै गएका छन् ।

एक जना नेताले नाम नबताउने सर्तमा लोकतान्त्रिक पद्धतीमा ईच्छा आकांक्षा राख्नु स्वभाविकै हो, एक ढिक्का भएर पुर्व सहमति अनुसार अगाडि बढ्न सके जाजरकोटमा कांग्रेस बलियो हुने विश्वास व्यक्त गरे । पार्टीका नेता कार्यकर्ताहरु संगको सहमति अनुसार आफुलाई सहयोग गर्न युवा नेता आचार्यले आग्रह गरेका छन् । सवैका आ –आफ्नै दाउपेच भएपनि अन्तमा मिलेर कांग्रेसलाई ठुलो पार्टी बनाउने मोर्चामा खटिनेहरुकै जित हुने भएकोले सहमतिमा नेतृत्व चयन हुने गरी लागेको पार्टीका बरिष्ठ नेताहरुको भनाई छ । पाईला खबर बाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया