खलंगा । जिल्लाको बारेकोट गाउँपालिका २ मा रहेको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयमा एक व्यक्तिले अक्षयकोष स्थापना गरेका छन् । आफ्ना वुवाको सम्झनामा नेपाली काँग्रेस जाजरकोटका सचिव भुमिलाल रोकायले विद्यालयमा एक लाख ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
बारेकोट गाउँपालिका भित्रका अति गरिव तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पुगोस् भनी विद्यालयमा अक्षयकोष स्थापना गरिएको रोकायले बताए । ‘स्वर्गीय खड्गबहादुर रोकाय स्मृति कोष’ स्थापना गरी प्रत्येक बर्ष विद्यालयमा अध्ययनरक्त दुई जना विद्यार्थीलाई छात्रवृत्रि प्रदान गरिने रोकायले जानकारी दिए ।
उनले भने, ‘बारेकोटमा सबैभन्दा पहिले विद्यालय स्थापना गरी यहाँका मानिसहरुमा शिक्षाको ज्योती वुवाले छर्नुभएको थियो, उहाँकै स्मृतिमा हामीले विद्यालयमा अक्षयकोष स्थापना गरेका छौ, प्रत्येक बर्ष विद्यालयमा अध्ययनरक्त दुई जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्रिको व्यवस्था गरिनेछ ।’ एक लाख ५० हजार बाट विस्तारै बढाउँदै लगिने समेत रोकायले बताए ।
बारेकोटका प्रत्येक गाउँमा पुगि गुरुकुल शिक्षा छर्दै स्वर्गीय खड्कबहादुर रोकायले २०११ सालमा बारेकोट गाउँपालिकामा श्री त्रिभुवन प्राथमिक विद्यालय स्थापना गरी बारेकोटबासीहरुमा शिक्षाको ज्योति दिएका थिए । बारेकोटका अधिकांश व्यक्तिहरुले भाग्य विधताका रुपमा लिने गरेका छन् ।
हालको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयमा संस्थापक समेत रहेका रोकायले बारेकोट गाउँपालिका भरी ज्योतिस ज्ञान दिदै कतिपयलाई सफल ज्योतिस समेत बनाउन सफल भएका थिए । विद्यालयलाई माद्यामिक समेत बनाउन महत्वपुर्ण भुमिका खेलेका रोकाय बारेकोटका अग्रज गुरुका रुपमा परिचित रहेको वीरेन्द्र ऐश्वर्र्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंहले बताए ।
जाजरकोट क्षेत्र नं १ का अग्रज गुरु तथा शिक्षकका रुपमा परिचित रोकायलाई आम बारेकोट बासीहरुले सधैं सम्झिने रहने छन् । उनैको स्मृतिमा विद्यालयमा अक्षयकोेष स्थापना गरी पछिल्लो पुस्तालाई समेत सम्झिन सजिलो भएको स्थानीय वुद्धिजिवीहरुको भनाई छ । वि.स. १९८० जेठ २३ गते जन्मिएका रोकायको २०६२ मंसिर ७ गते निधन भएको थियो ।
















































। १३ भाद्र २०७८, आईतवार