१० बुँदे सहमति कार्यान्वयन गर्न ओली सहमत

केपी ओली फेरि प्रधानमन्त्री नियुक्त 

नेकपा एमालेका अध्यक्ष केपी ओली तत्कालीन एकता कार्यदलले तय गरेको १०बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन् । माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेपछि अध्यक्ष ओली कार्यदलले तय गरेको सहमति कार्यान्वयन गर्दै पार्टी कमिटीलाई ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएका हुन् ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकमा स्थायी कमिटीले १०बुँदेको कार्यान्वयनमा जोड दिएको र १०बुँदेको कार्यान्वयनको प्रक्रियालाई अझ तीव्रताका साथ अगाडि बढाउने बताए । उनले बैठक सौहार्द र उपलब्धिमूलक भएको भन्दै पार्टी एकतामा देखापरेका समस्या समाधानमा दृढतापूर्वक अगाडीिबढ्ने विश्वास पनि व्यक्त गरे ।

१०बुँदेको कार्यान्वयनको सम्बन्धमा मंगलबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने र सो बैठकमा माधव नेपाललाई साथ नदिएका र हालसम्म बैठकमा उपस्थित नभएका स्थायी कमिटी सदस्य पनि सहभागी हुने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया