
खलंगा । अवैध लागु औषध सहित १७ बर्षिया बालकलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २ गते राति अन्दाजी साढे आठ बजेको समयमा नेपालगंज देखि जाजरकोट सम्म आउँदै गरेको यात्रु वाहक फोर्स (गाडी) मा अवैध लागुऔषध ल्याउदै गरेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी कुदु बाट खटिएको प्रहरी गस्ती रहेको टोलीले उनलाई पक्राउ गरेको हो ।
भेरी नगरपालिका १३ कुदु स्थित चेक प्वाईन्टमा रोकी चेकजाच गर्ने क्रममा बर्ष १७ को बालकले नाइट्राभेट ५५ ट्याब्लेट ट्रामाडोल ६ क्याप्सुल प्रोक्सीवेल स्पास ६ क्याप्सुल दाहिने र वाया तिघ्रामा टेपले बाधेर लुकाई छिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको नाम र ठेगाना भने खुलाएको छैन । थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
















































। ४ भाद्र २०७८, शुक्रबार