
खलंगा, ०३ भदौं । सयौं वर्ष पुरानो बहुमुल्य धातुबाट बनेको बुद्धको मुर्तिको अबैध कारोबारमा संलग्न भएको आरोपमा बर्दिया प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बुधबार गुलरिया नगरपालिका वडा नं. ७ गुलरिया बजार स्थित विजय गेष्ट हाउसमा मुर्तिको अबैध कारोबार गरीरहेको अवस्थामा प्रहरीलेउनिहरुलाई पक्राउ गरेको जनाएको छ ।
बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मुर्ति सहित ५ जनालाई बुधबार दिउँसो पक्राउ गरेको प्रहरीले बिहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका–७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन नगरपालिका–१ बस्ने ३४ वर्षीय उज्वल रोकाय, सोही नगरपालिका–९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका–९ बस्ने ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका–२ बस्ने २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेम बहादुर शाहीले जनाएका छन ।
















































। ३ भाद्र २०७८, बिहीबार