
जाजरकोट, २४ साउन । कारितास नेपालले जिल्ला कोभीड व्यवस्थापन समिति मार्फत जिल्ला अस्पताल जाजरकोट लाई कोभीड स्वास्थ्य सामाग्रीहरु हस्तान्तरन गरेको छ ।
आज जिल्ला अस्पताल जाजरकोटमा आयोजित एक कार्यक्रमका विच कारितास नेपाल का क्षेत्रिय कार्यक्रम व्यवस्थापक जनक शर्मा ले कोभीड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटा र जिल्ला अस्पताल जाजरकोटका डा. अमिन शाह लाई हस्तान्तरन गर्नु भएको थियो ।
क्याथोलीक रीलीफ सर्भीस ९ऋच्क्० को प्राविधिक सहयोगमा कारितास नेपालले जाजरकोटमा “नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१” कार्यक्रम अन्तरगत उक्त स्वासथ्य सामाग्रीहरु उपलव्ध गराएको हो ।
कार्यक्रममा भेरी नगरपालिकाका उप प्रमुख भावना भण्डारीले कारितास नेपाललले कोरोना महामारीको समयमा ठुलो मात्रामा गरेको सहयोगको प्रसंसा गर्नु भएको थियो । साथै विपतको समयमा विगत देखी नै कारितासन नेपालले यस जिल्लामा सहयोग गरिरहेकाले यस मानविय सहयोगको लागि जिल्ला वासीको तर्फवाट समेत धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कारितास नेपालका क्षेत्रिय कार्यक्रम व्यवस्थापक जनक शर्मा ले आयोजनाले ,अक्सीजन सीलीण्डर २० थान, अक्सीजन कन्सन्टेटर १० थान, पल्स अक्सीमीटर ३४ थान, भेन्चुरी फेस मास्क एक सय ४७ थान, पीपीइसेट ४सय ५० थान,सर्जीकल मास्क,५ १५ बाकस,सर्जीकल ग्लोभ्स १०० बाकस, ह्याण्ड सेनिटाइजर (५००मिली)२१० थान गरि जम्म २६ लाख ३२ हजार छ सय वरावरको सामाग्री हस्तान्तरन गरेको बतााउनु भयो ।
आयोजनाले कोभिडबाट प्रभावित वा अति जोखिममा परेका व्यक्ति तथा परिवारहरुलाई एक जना बराबर रु. २२००÷– बराबर र जम्मा १२ लाख २५हजार ४ सय ८५ बराबरको आइसोलेसन किट उपलव्ध गराउने छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटाले कारितास नेपाल ले यस विपतको महामारीको वेलामा जिल्ला कोभीड व्यवस्थापन समिति मार्फत गरेको यस सहयोगले जिल्लामा कोभीड प्रभावित हुने वीरामीहरुका लागि ठुलो राहत मिल्ने बताउनु भयो ।
साथै यस कारितास नेपाल वाट जिल्ला अस्पताल जाजरकोटमा तिन जना स्वंसेवक परिचालन गरि सेवा प्रवाह गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, पत्रकार,नागरिकसमाज, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख हरुको उपस्थीती रहेको थियो ।
















































। २४ श्रावण २०७८, आईतवार