
खलंगा, १३ साउन । जिल्लाको कुशे गाउँपालिका ५ स्थित दलबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेपछि छिमेकीको साहारामा बसिरहेका छन् । शनिवार अविरल बर्षाका कारण घर माथि बाट आएको पहिरोले घर जोखिममा परेपछि छिमेकीका साहारामा बस्नुपर्ने बाध्यता थपिएको स्थानीय कालीप्रसाद थापाले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार कुशे गाउँपालिका ५ जहरगाउँ स्थित दलबहादुर थापा र उनका साहिला छोरा रामबहादुर थापाको घर पहिरोको जोखिममा परेपछि जेठो छोरा कालिप्रसाद थापा र भान्ज रामबहादुर रोकायको घरमा बसिरहेका छन् ।
घर माथि बाट जति वेला समेत पहिरो खस्न सक्ने भएकोले छिमेकी साहारामा बसिरहेको पीडितहरुको भनाई छ । उनीहरु भन्छन्, ‘पानी पर्ने वित्तिकै घरमा बस्ने अवस्था छैन्, जतिवेला पानी पर्छ त्यतिवेला पहिरो खस्छ ।’
पीडित परिवार अहिले छिमेकीमा घरमा बसिरहेका छन् । यस्तो अवस्थामा रहेका परिवारका लागि सरकारले राहतको व्यवस्था गर्नु सरकारको दायित्व हो ।
















































। १३ श्रावण २०७८, बुधबार