जाजरकोटमा भोली देखि लामो दूरीका यातायात चल्ने

                                                          फाईल तस्वीर
जाजरकोट : जिल्ला प्रशासन कार्यालय जाजरकोटले भोलि (शनिबार) बाट यातायात व्यवसायीहरूलाई लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने अनुमति दिएको छ ।

गृह मन्त्रालयले साउन ५ गते यातायात सञ्चालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि सञ्चालन गर्न दिने निर्णय गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जानकारी दिए ।

देवकोटाका अनुसार, सबै यातायात व्यवसायीहरूसँगको छलफलपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने सहमति भएको हो ।

उनले भने, ‘अहिले लोक सेवा,त्रिविका वार्षिक परीक्षा सञ्चालन हुने भएकाले यातायात सञ्चालन गर्न दिइएको हो,भोलिबाट सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।’ सरकारले गत वैशाख १६ गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको थियो ।

No photo description available.

 

तपाईको प्रतिक्रिया