
खलंगा, ७ साउन । प्रहरीले जाजरकोटमा चोरीका तीन थान मोटरसाईकल बरामद गरेको छ । लकडाउनको मौका छोपी भन्सार छलि गरेर ल्याईएका चोरीका मोटरसाईकल प्रहरीले बरामद गरेको हो ।
निषेधाज्ञा अवधि भर जिल्ला प्रहरी कार्यालय जाजरकोट र मातहतबाट खटिएका प्रहरी कर्मचारीहरुले जाजरकोट जिल्लाको विभिन्न स्थानबाट फेला पारेका भन्सार चोरी छलीका प्रदेश नं. ३–०२०२४ प ४५२७ नम्बर उल्लेख भएको ३ सय ५० सि.सि को बुलेट मोटरसाईकल, २ सय २० सि.सि.को भे ५ प ५४३८ नम्बर उल्लेख भएको निलो रङ्को पल्सर मोटरसाईकल र भे ७ प ५०५५ नम्बरको रातो कालो रङको पल्सर २ सय २० मोटरसाईकलहरु बरामद गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए ।
बरामद गरिएका मोटरसाइकल आवश्यक कार्वाहीका लागी राजश्व अनुसन्धान कार्यालय नेपालगञ्ज पठाएको डिएस्पी थापाले बताए । राजश्व छलि गरि मोटरसाइकल ल्याउनेहरुबारे पक्राउ गरेर आवश्यक अनुसन्धान भैरहेको उनले बताए ।
















































। ७ श्रावण २०७८, बिहीबार