जाजरकोटमा १९ बर्ष नपुग्दै ७४ प्रतिशतको विहे !


जाजरकोट, ७ साउन । जिल्लाको भेरी नगरपालिका २ पुरानो रिसाङ्गकी गीता खड्काले १४ बर्षको उमेरमा विहे गरिन् । १५ बर्षको उमेरमा पहिलो सन्तानको जन्म दिईन । गीताले बालविवाह गरेको पीडा त छदैथियो, त्यसैमाथी उनका श्रीमानले दोस्रो विहे गरे ।

आमाको मृत्युपछि घर खर्च चलाउन नसेकी गीताले आफ्नो जीवनलाई सुखमय बनाउन विहे गरेको उनी बताउँछिन् । साथीभाईको लहलैमा लागेर विवाह गरेकी खड्काको घरपरिवार संगको विवादले १७ बर्षको उमेरमा सम्बन्धविच्छेद भयो । उनी अहिले एक छोरीको साथमा कामको खोजीमा सदरमुकाम खलंगामा बस्दै आएकी छन् ।

उनले भनिन्, ‘मैले सानै उमेरमा विवाह गरकै कारण अहिले दुःख भोग्दै आएकी छु ।’ सायद बुझेर विहे गरेको भए सम्बन्ध विच्चेछ समेत हुने थिएन । त्यैसैले अहिले कोही पनि दिदीबहिनीले सानै उमेरमा विहे गरी दुःख नपाउन उनले भनिन् ।’ लहलैमा विवाह गरे श्रीमानले अघिल्लो विवाह गरेर दुई छोरीको जन्म दिएका रहेछन् ।

त्यो पनि मलाई थाहा भएन उनले थपिन् ।’ गीता एक उदाहरण पात्र मात्र हुन । उनी जस्तै जाजरकोटमा बालविवाहका कारण धेरै यूवतिहरुले दुःख पाईरहेका छन । अशिक्षा, गरिवी र पछौटेपनका कारण जाजरकोटका अघिंकाश बालबालिका बालविवाहको सिकार हुने गरेको सहिद स्मृति यूवा क्लव जाजरकोटका अध्यक्ष प्रेम विश्वकर्माले बताए ।

उनले भने, ‘हाम्रो समाजमा सानै उमेरमा विवाह गर्नेको लर्काे नै छ । उमेर पुगेर होइन साथीभाईको लहलैमा लागेर, गरिवी, अशिक्षा, सामाजिक संस्कारका आधारमा बालविवाह हुने गरेको छ ।’ बालविवाह पनि समाज परिवर्तनको बाद्यक हो भन्ने कुरा स्थानीय सरकारले बुझ्नुपर्ने हो तर मुख्य समस्याको रुपमा नलिएको उनले थपे ।’ जिल्लामा बालविवाह पर्याप्त हुने गरेको भएपनि स्थानीय तहले बालविवाह न्युनीकरणका लागि खासै प्रयास नगरेको उनको भनाई छ । बालविवाह एक समाजिक एक अपराध भएकोले यसलाई रोक्न स्थानीय तहको महत्वपुर्ण भुमिका रहनुपर्ने नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्र विक्रममा शाहले बताए । उनले भने, ‘यहाँका स्थानीय सरकाले विकास भनेको भौतिक विकासलाई मात्र सम्झेर काम गरिरहेका छन, तर सामाजिक संगै मानसिक विकासलाई ख्याल नै गरेका छैनन ।’

समाजमा भएका विकृतिका विरुद्ध यहाँका स्थानीयले काम गर्न आवश्यक रहेको उनको भनाई छ । जिल्लामा बालविवाह हुने क्रम रोकिएको छैन । एक सरकारी कार्यालयको तथ्यांक अनुसार, जाजरकोटमा १९ वर्ष नपुग्दै ७४ प्रतिशत वालविवाह हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ । अशिक्षा, गरिवी, पछ्यौटेपनका कारण बालविवाह हुने गरेको सरोकारवालाहरुको भनाई छ ।

पछिल्लो समय कोरोना महामारीका कारण स्थानीय सरकारले थालेका कार्यक्रमहरु स्थगित रहेका छन् । बालविवाह, लगायत हिंसात्मक गतिविधीका घटनाहरु बढिरहेका छन् ।

तपाईको प्रतिक्रिया