अस्पतालमा हेल्प डेस्क


जाजरकोट ४, साउन । कारितास नेपालले कोभीड १९ रोकथाम तथा प्रभावितहरुको सहयोगका लागि जिल्ला अस्पताल जाजरकोटमा हेल्प डेस्क ( सहायता केन्द्र ) स्थापना गरेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोट,भेरी नगरपालिका जाजरकोटर युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोट को सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको हो ।

आज जिल्ला अस्पताल जाजरकोट परीसरमा स्वास्थ्य सेवा कार्यालय का निमित्त व्यवस्थापक टीकाराम जैसी ले हेल्प डेस्कको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रम मा निमित्त प्रमुख जैसीले हेल्प डेस्कको माद्यम वाट अस्पतालमा आउने असहाय व्यक्तिहरुको लागि सहारा वन्ने विस्वास व्यक्त गर्नु भयो ।

हेल्प डेस्क मार्फत कोभीड प्रभावित व्यक्तिहरु लाई उपचारमा समन्वय, परामर्श को कार्य गरिने कारितास नेपालका स्वयम सेवक बीर वहादुर वुढा ले जानकारी दिनु भयो । कारितास नेपालले नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१ अन्तरगत यस जिल्लामा ३ जना स्वयमसेवकहरुको परिचालन गरेको छ ।

कारितास नेपालले “नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१” COVID 19 Response Nepal 2021″  समाज कल्याण परिषद्बाट स्वीकृति लिई नेपालका ११ जिल्लाहरुमा Catholic Relief Service (CRS) को प्राविधिक सहयोगमा संचालन गरिरहेका छ ।

सो परियोजना अन्तरगत आइसोलेसन सेन्टर र कोभीड अस्पताललाई चाहिने स्वासथ्य उपकरण तथा सामाग्रीहरुको सपोर्ट समेत गर्न थालिएको छ । यो परियोजना अन्तरगतको कार्यक्रम जिल्ला कोभीड व्यवस्थापन समितिको समन्वय मा सन्चालन भइरहेको यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया